Thursday, April 23, 2026
spot_img
spot_img

अटोमोबाइल्स व्यवसायी विभाजित, नाडाको विकल्पमा ठूला व्यापारीले खोले अर्को संस्था

spot_img
spot_img

अटोमोबाइल्स व्यवसायीहरुको एउटै संस्थाका रुपमा रहेको नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालभित्रको विवाद सतहमै देखिएको छ । नाडामा सवारी आयातकर्ता, बिक्रेता, स्पेयर पार्टस् आयातकर्ता तथा बिक्रेता र सर्भिस सेन्टर सञ्चालकहरुसमेत सदस्य रहँदै आएकोमा सवारी आयातकर्ताले छुट्टै संस्था बनाएका हुन् ।

ठूला व्यवसायीहरुले ‘नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसियशन’ नामक संस्था दर्ता गरेका हुन् । स्रोतका अनुसार फागुन ९ गते यो संस्था दर्ता भएको छ । तर, हालसम्म औपचारिक घोषणा भने गरिएको छैन ।

यस संस्थामा नाडामा जस्तो अटोसम्वद्ध सबै व्यवसायीहरु सदस्य हुन पाउँदैनन् । चार पाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यवसायिक सवारीसाधन आयातकर्ता कम्पनीहरु मात्रै सदस्य हुन पाउने व्यवस्था गरिएको बताइएको छ ।

ठूला घराना एकै ठाउँमा

स्रोतका अनुसार नयाँ संस्थामा अटोमोबाइल व्यवसायमा जमेका घरानाहरु छन् । नेपालमा आउने गाडीमध्ये हालसम्मकै लक्जरियस मानिने टोयोटाको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेशन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिण्डिकेटकी निर्देशक रितु वैद्यलाई नयाँ संस्थाको अध्यक्ष बनाउने तयारी छ । किया गाडीको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृद घिमिरेलाई उपाध्यक्ष बनाउन लागिएको छ ।

यद्यपी, तदर्थ समितिमा रहने व्यक्तिहरुको टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ । तदर्थ समितिमा रहने व्यक्तिहरु टुङ्गो लागेपछि औपचारिक रुपमा संस्थाको घोषणा गरिने बताइएको छ ।

हालसम्म हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल, ओमोडा एण्ड जेइको गाडीको आधिकारिक बिक्रेता शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स, एमजी गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउण्ट मोटर्स र बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक नयाँ संस्थाको सदस्य रहने पक्का भइसकेको स्रोतले जनाएको छ ।

यस्तै, होण्डा गाडी तथा बाइक र स्कुटरको आधिकारिक बिक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ, फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्ड, बजाज (पल्सर) मोटरसाइकलको आधिकारिक आयातकर्ता गोल्छा अर्गनाइजेनश अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी, रोयल इन्फिल्डको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ पनि नयाँ संस्थाको सदस्य बन्ने भएका छन् ।

साथै, एमएडब्ल्यू र सिजी पनि यो संस्थामा आवद्ध हुने पक्का भइसकेको बताइएको छ ।

यसैगरी, कमर्सियलतर्फ अशोल लेइल्याण्डका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स र महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेट पनि नयाँ संस्थाको सदस्य बन्ने निश्चित भइसकेको छ ।

‘बाँकी घरानाहरु पनि जोडिने क्रममा छन्, नाडाका बहालवाला अध्यक्ष (करण चौधरी, जो सुजुकी गाडीको बिक्रेता सिजी होल्डिङ्सका सञ्चालक हुन्) नै नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसियशनमा आवद्ध हुन सकारात्मक हुनुहुन्छ’ स्रोतले भन्यो, ‘यस संस्थाको सदस्य बन्न नाडा छोड्नु पर्दैन, स्पेसिफिक हुन खोजेका मात्रै हौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img