टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा कर्भ ईभी सार्वजनिक गरेको छ । कम्पनीले आज आइतबार आफ्नो पहिलो कूपे एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीले कर्भ ईभीको टप भेरियन्ट मात्रै बिक्री हुने जनाएको छ। यस गाडीको मूल्य ५६.९९ लाख तोकिएको छ ।
कम्पनीका अनुसार यस गाडीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले गाडीलाई सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन दिदैन। गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्ने बताईएको छ ।
ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ रहेको यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ । ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । गाडीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक छ ।













