नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको जनाएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो ।
पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ शोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा गण्डकी क्षेत्रका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ । यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन् ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन्, जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको छ ।













