Thursday, April 23, 2026
spot_img
spot_img

सबैभन्दा ठूलो चार्जिङ नेटवर्क मार्फत ईभीको पूर्वाधारलाई थप मजबुत बनाउँदै सीजी मोटर्स

spot_img
spot_img

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउँने भएको। २४८+ जीबीटी र २४+ सीसीएस्-२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै, सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक, र सहज बनाउन लागेको हो।

कम्पनीले भनेको छ ‘चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सीजी मोटर्सले रेन्ज एंग्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको छ। प्रमुख शहरहरूमा होस् वा मुख्य राजमार्गहरूमा, सीजी मोटर्सका चार्जिङ स्टेसनहरूले ईभी चालकहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाएका छन्।’

ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले CG Cares App पनि सुरु गर्ने योजना बनाएको छ। यस एपबाट २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर: +९७७ ९७०७०९४२०७), सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराईरहेको छ।नेपालको २४८+ स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img