Friday, July 17, 2026
spot_img

नेपालले भारतसँग पीक आवरमा पनि बिजुली माग्यो, भारतले भन्यो, ‘स्टोरेज प्रोजेक्ट बनाउनु’

spot_img

माघ २८ गते नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतीय पक्षसँग थप बिजुली दिन माग गरेको छ । नयाँ दिल्लीमा ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको दुइ देशका ऊर्जा सचिवस्तरीय १२औँ बैठकमा दुई क्रस बोर्डर प्रसारणलाइनको मोडालिटी टुंग्याउने मुख्य एजेण्डाबाहेक नेपालले पीक आवर (बिहान र बेलुका) बिजुली पनि बिजुली दिन प्रस्ताव गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेपाली पक्षले हाल भारतबाट नेपालले सोलार आवर (दिउँसो)मा मात्रै बिजुली किन्न पाइरहेको र बिहान बेलुका (पिक आवर) थप आन्तरिक लोड धान्न गाह्रो भइरहेको भन्दै पिक आवरमा पनि बिजुली दिन माग गरेको थियो । पर्याप्त बिजुली नहुँदा नेपालका औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टासम्म विद्युतको लोड कटौती गर्नुपरेको भन्दै यो समस्या समाधानका लागि पिक आवरमा पनि नेपालले भारतबाट बिजुली खरिद गर्न चाहेको प्रस्ताव राखिएको ति अधिकारीको भनाइ छ ।

तर, भारतीय पक्षले यो प्रस्ताव स्वीकार नगरेको बरु, स्टोरेज आयोजनाहरु बनाउन सुझाव दिएको बताइएको छ । पिक आवरमा भारतमै बिजुलीको माग उच्च हुने गरेको र निर्यात गर्न सहज नहुने भन्दै भारतीय अधिकारीहरुले नेपालले स्टोरोज प्रोजेक्ट बनाएर यो समस्या हल गर्न सक्ने उनीहरुको सुझावछ ।

‘नेपालमा अहिले पिक आवरमा बिजुलीको माग धेरै हुँदा उद्योगको लोड कटौती गर्नुपरिरहेको र पिक आवरमा थप बिजुली चाहिएको विषय बैठकमा राख्यौँ, तर उनीहरुले आफ्नै देशमा सो समयमा बढी माग हुने भएकाले बिजुली दिन नसकिने स्पष्ट जवाफ दिए’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘उल्टै उनीहरुले नेपालले स्टोरेज प्रोजेक्टमा ध्यान दिनुपर्ने सुझाव दिए । नेपाललमा स्टोरेज आयोजनाहरु बनाउने हो भने बाह्रै महिना समान रुपमा बिजुली उत्पादन हुने भएकाले यो सम्भावनालाई उपयोग गर्नुपर्ने उनीहरुको सुझाव थियो ।’

अहिले नेपालको कुल जडित क्षमता ३ हजार ५ सय मेगावाट पुगेको भएपनि हिउँदमा ६ सय मेगावाटसम्म भारतबाट आयात गरेर आन्तरिक माग व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img