Friday, June 5, 2026
spot_img

१०० रुपैयाँ मै नेपाल फाइनान्सको शेयर किन्ने अवसर, १० लाख ९० हजार कित्ता आजदेखि लिलाममा

spot_img
spot_img

नेपाल फाइनान्स लिमिटेडले आज फागुन १ गतेदेखि हकप्रदमा अवितरित संस्थापक समूहको १० लाख कित्ता बढी शेयर लिलाममा ल्याएको छ । कम्पनीले संस्थापक समूहको कुल १० लाख ९० हजार ३ सय ७१ दशमलव १८७ कित्ता शेयर लिलाममा ल्याएको हो ।

यी शेयरमा लगानीकर्ताले चैत्र ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयर खरिदको लागि प्रभु क्यापिटलको कमलादी स्थित कार्यालयबाट आवेदन फारम लिन सकिने छ।  त्यस्तै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी र शाखा कार्यालय बनेपा, माछापुच्छ्रे , लगनखेल र तिलोत्तमाबाट आवेदन फारम लिन र बुझाउन सकिने छ।  यसका अलावा प्रभु बैंकको बिराटनगर, बिरगंज, पोखरा, नेपालगंज, सुखेत र धनगढी शाखाबाट आवेदन फारम लिन र बुझाउन सकिने छ।

कम्पनीका अनुसार संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ र सोही अनुसार बांडफाड गरिनेछ । आवेदन दिँदा नेपाल राष्ट्र बैंकले संस्थापक हुन तोकेको सम्पूर्ण प्रकृया पुरा भएको अनुसूचि ३, (Fit and Proper Test), कर चुक्ताको प्रमाणपत्र, कर्जा सूचना केन्द्रबाट कालोसूचिमा नरहेको विवरण, नागरकिताको प्रमाणपत्र, प्रहरी चारीत्रिक प्रमाणपत्र आम्दानीको स्रोत तथा अन्य आवश्यक कागजातहरु पेश गर्नुपर्नेछ । फाईनान्स कम्पनीको संस्थापक बाहेकका व्यक्तिले संस्थापक समूहको शेयर खरिद गर्न आवेदन दिई बॉडफॉड भई यदि नियमनकारी निकायको स्वीकृति लिनुपर्ने भएमा स्वीकृति लिए पश्चात मात्र बांडफांड शेयरलाई सदर गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img