Sunday, May 3, 2026
spot_img
spot_img

जलविद्युत्बाट धेरै नै लाभ लिन सक्ने ठाउँमा छौ

spot_img
spot_img

विष्णुप्रसाद पौडेल

जलविद्युत्को दृष्टिकोणले नेपाल प्रचुर सम्भावना भएको देश हो । जलस्रोतमा विश्वका धनी देशमध्ये पनि एक हो । प्राकृतिक स्रोतमध्ये नेपालको यो प्रमुख स्रोतलाई हाम्रो विकासका लागि उपयोग आवश्यक छ । देशलाई समृद्ध बनाउन ऊर्जाको विकास अनिवार्य छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालमा ८२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने देखाएको छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर जलस्रोतको उच्चतम र अधिकतम सदुपयोग गर्ने हो भने जलविद्युत्बाट धेरै नै लाभ लिन सक्ने ठाउँमा छौ ।

यताका वर्षमा जलविद्युत्‌को क्षेत्रमा नेपाललले धेरै नै प्रगति गरेको छ । हामीसँग जति सम्भावना छ, त्यसको दृष्टिकोणले हाम्रो प्रगति सन्तोषजनक भने छैन । यो क्षेत्रमा हामीले धेरै नै काम गर्न आवश्यक छ । हामीले जलविद्युत् उत्पादन गर्दै गर्दा त्यसको लागत प्रतिफलको दृष्टिकोणले अनुकूल आयोजना प्रशस्त छन् । हामीसँग दीर्घकालीन र रणनीतिक महत्वका आयोजना पनि धेरै नै छन् ।

प्रतिफलको दृष्टिकोणले अनुकूल आयोजना, ऊर्जा उत्पादन र उपभोगका दृष्टिकोणले रणनीतिक महत्वका आयोजनामा अब हामी केन्द्रित हुनैपर्छ । अहिले पनि हामी सुक्खायाममा जलविद्युत्मा आत्मनिर्भर हुन सकेका छैनौ । वर्षायाममा हामी आफूले उपभोग गरेर बढी भएको विद्युत्लाई निर्यात गर्ने गरेका छौं । हामीले सबै याममा विद्युत्मा आत्मनिर्भर हुन आवश्यक छ । यसमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ । नेपालमा उत्पादन भएको सबै विद्युत् यही उपभोग गर्ने होइन । नेपालमा कति खपत गर्ने र कति निर्यात गर्ने भन्ने योजना चाहिन्छ ।

देश ऊर्जा क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर भएपछि ऊर्जामा खपत बढाउने योजना ल्याउनुपर्छ । प्रत्येक औद्योगिक घरानाले विद्युत् खपत बढाउने नीति लिनु पर्छ । उद्योगका उपकरण त्यहीअनुसार हुनुपर्छ । औद्योगिक घराना मात्रै नभएर हरेक घरमा विद्युतीय उपकरण बढाउनुपर्छ । विद्युतीय उपकरण पनि त्यही अनुसारको हुनुपर्छ ।

नेपालमा धेरै ऊर्जा खपत गर्ने खालका ठूला पूर्वाधारका आयोजना, उद्योग तथा कारखाना स्थापना गर्न जरूरी छ । अब सबैले यतातिर ध्यान दिन आवश्यक छ। अब हामीले विद्युत् निर्यात गर्नेभन्दा पनि आन्तरिक रूपमा विद्युत् उपभोग गर्नेतिर ध्यान दिन आवश्यक छ । हामीलाई विद्युत् निर्यात गर्नुभन्दा पनि आन्तरिक रूपमा खपत गर्दा अर्थतन्त्रलाई बढी फाइदा हुन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको आवश्यकता पूरा गर्ने हो । दोस्रो प्राथमिकता भनेको विद्युत् खपत गर्ने ठूला आयोजना, ठूला उद्योग स्थापना गरेर सञ्चालन गर्नुपर्छ । तेस्रो भनेको हामीले नेपालमा उपभोग गरेर बाँकी रहेको विद्युत् मात्रै निर्यात गर्ने हो । यसमा हामीले रणनीतिक रूपमा काम गर्न आवश्यक छ । यसका लागि सरकारले काम गर्छ नै । हामीले धेरै विद्युत् खपत गर्ने बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानी गर्न बोलाउनुपर्छ । उनीहरूलाई के के सहुलियत दिनुपर्ने हो, त्यो दिन हामी तयार हुनैपर्छ ।

हामी अब विद्युत् उत्पादन गर्ने र बिक्री गर्ने भनेर मात्रै हुँदैन । यस्तो मानसकिताबाट माथि उठ्नै पर्छ । यो सरकार विद्युत्‌को आन्तरिक रूपमा खपत बढाउनु पर्छ भन्ने सोचमा छ । त्यसका लागि के सहयोग आवश्यक छ, त्यो पूरा गर्ने तर्फ यो सरकारले कदम चाल्ने छ ।

ऊर्जा क्षेत्रको भविष्य
नेपालमा ऊर्जाको भविष्य निकै नै राम्रो छ । नेपालमा भविष्य भएका क्षेत्रमा ऊर्जा, पर्यटन, कृषि लगायतका छन् । यी मध्ये सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भनेको जलविद्युत् नै हो । जलविद्युत् क्षेत्रको सम्भावना निकै उज्यालो देखिन्छ । नेपालमा प्रवाह प्रणालीका आयोजनाभन्दा पनि जलाशयुक्त आयोजनाको अझ भविष्य छ । अझ बहुउद्देश्यीय आयोजनामा ध्यान दिन आवश्यक छ । सिंचाई, खानेपानी, पर्यटन लगायत बहुउदेश्य भएको आयोजनामा बढी केन्द्रित हुन आवश्यक छ । जलसम्पदाको सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धि सपना पूरा हुने छ नेपालका जलविद्युत् आयोजना केवल ऊर्जा उत्पादनसँग मात्रै सम्बन्धित छैनन् । सिंचाई, खानेपानीसँग पनि जोडिन सक्छन् । यसले पर्यटनको सम्भावना पनि बढाउन सक्छ ।

निजी क्षेत्रको लगानी
ऊर्जा क्षेत्रमा निजी क्षेत्रले लगानी धेरै नै बढाउँदै लगेका छन् । देशभित्र छरिएर रहेको पुँजीलाई एकीकृत गरेर ऊर्जा विकासमा लगानी गर्ने नीति बनाउनु पर्छ । यसमा रोजगारी सिर्जना भइरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ । त्यो लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास दिलाउनु आवश्यक छ । त्यसका लागि सरकारले नीतिगत रूपमा धेरै नै सहजीकरण गरेको छ । जलविद्युत् आयोजनामा प्रशारण लाइन, सडक विस्तार, अन्य उपकरणमा सहुलियत पाइरहेका छन् । यसले गर्दा पनि निजी क्षेत्र जलविद्युत् आयोजना बनाउन लागिपरेका छन् ।

निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा अझै बढी लगानी गर्न राज्यले अझै प्रोत्साहन गर्दै जान आवश्यक छ । हामीले विगतका अनुभवका आधारमा अझै संगठित रूपमा यो क्षेत्रमा लगानी बढाउनु पर्छ । अहिले जुनुतहमा आयोजना निर्माण गर्न निजीक्षेत्र लागेको छ, त्यो सन्तोषजनक छ । अब आगामी दिनमा अहिलेभन्दा ठूला आयोजनामा संगठित रूपमा लगानी गर्न आवश्यक छ । अब ठूला आयोजनामा लगानी बढाउनु पर्छ । निजी क्षेत्रका साथसाथै ऊर्जा विकासका लागि वैदेशिक लगानीलाई भित्र्याउन आवश्यक छ । त्यसका लागि सबैको पहल चाहिन्छ ।

हामीले ऊर्जा लगानीकर्तालाई लगानीका लागि आह्वान गरेका छौ । नेपालमा भित्रने लगानी कुनै आतंकवादी गतिविधिमा संलग्न भएको, अवैध रूपमा आर्जन भएको भने हुनु भएन । नेपालमा आउने लगानी बैकिङ प्रणालीबाट ल्याउनु पर्छ । यति भयो भने नेपालमा लगानीका लागि जे जस्ता बाधा ब्यबधान छन्, ती सबै समाधान गर्न सक्ने छौं ।

नेपालमा लगानी गर्नुहोस् भनेका छौ । नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गरेर विद्युत् उत्पादन गरेर मुनाफा लिई निश्चित समयमा त्यो आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरेर बिदा होऊन् । नेपालमा लगानी गरेपछि, नेपालमा राजस्व तिरेपछि उनीहरूले प्रतिफल पाउनुपर्छ । नेपालमा लगानी गरेर प्रतिफल लैजान जुन खालको समस्याको महसुस गरेका छन्, त्यसलाई हामीले समयमा नै सम्बोधान गर्नुपर्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि हामीले अनुकूल वातावरण बनाउनु पर्छ । सरकारी विद्युत् प्राधिकरणले निर्माण गर्ने आयोजनामा विदेशी लगानी तुलनात्मक रूपमा उल्लेख्य मात्रामा हुने गरेको छ । निजी क्षेत्रका आयोजनामा पनि विदेशी लगानी भित्र्याउन आवश्यक छ । त्यसतर्फ सबैले सोच्न आवश्यक छ ।

निजी क्षेत्रका चुनौती र सरकारको सहजीकरण
जलविद्युत् आयोजना निर्माण गर्दा निजी क्षेत्रले कतिपय स्थानमा विभिन्न चुनौती भोगेको हुन्छ । चुनौती नभएको कुनै पनि क्षेत्र छैन । कपियत ठाँउमा प्रशारण लाइन, सडक पूर्वाधार समयमा बन्न नसक्नु जस्ता समस्या छन् । प्रसारण लाइन नहुँदा विद्युत् उत्पादनपछि के गर्ने भन्ने खालको समस्या देखिन थालेको छ । विद्युत् विकासका लागि प्रसारण लाइन अपरिहार्य छ । यसतर्फ राज्यको ध्यान पहिला यथोचित रूपमा पुगेको थिएन भने अब अझ बढी पुग्नेछ ।

अब हामीले नदी प्रणालीमा आधारित भएर गर्ने हो वा जलाशययुक्त प्रणाली, अन्तरदेशिय प्रसारण प्रणाली कसरी विकास गर्ने भनेर धेरै काम भएको छ । यस्ता समस्या समाधान गर्न सरकारले आगामी दिनमा अझै सहजीकरण गर्दै जाने छ । ऊर्जा विकासका लागि नीतिगत रूपमा आवश्यक सहजीकरण गर्ने काम यो सरकारले गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ । इप्पानमा आबद्ध भएका, अन्य ऊर्जा उत्पादकले नेपाललाई ऊर्जा उत्पादनको क्षेत्रमा योगदान दिइरहनुभएको छ । उहाँहरूको योगदानको सराहना गर्नैपर्छ ।
आगामी दिनमा जलविद्युत् क्षेत्रमा लगानी अझै बढाउन, जलविद्युत् क्षेत्रबाट राष्ट्रको विकासमा भूमिका बढाउन इप्पानका सदस्य लगायत सबै एकजुट हुन आवश्यक छ । त्यो भूमिका अझै महत्वपूर्ण होस । ऊर्जा क्षेत्रमा विद्यमान समस्या, ती समस्याको समाधान गर्न, सरकारसँग निजी क्षेत्रको सम्बन्ध, समन्वय, सहजीकरण, समस्या र समाधानका लागि इप्पानको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा यो झनै महत्वपूर्ण हुँदै जानुपर्छ ।

( पौडेल नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री हुन्। उनको यो लेख इप्पानको प्रकाशन उर्जा समृद्धि रजत जयन्ती स्मारिका २०८१ बाट साभार गरिएको हो )

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विष्णुप्रसाद पौडेल
विष्णुप्रसाद पौडेलhttps://businesspana.com
उपप्रधान तथा अर्थमन्त्री
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img