Friday, June 5, 2026
spot_img

फागुन ५ देखि १७ लाख ९८ हजार कित्ता शेयर लिलाम गर्दै बलेफी हाइड्रो, कहाँ दिने आवेदन ?

spot_img
spot_img

बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

जस मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर र सर्वसाधारण समूहको ५ लाख ८ हजार ८ सय ९२ कित्ता शेयर रहेको छ। यो लकइनमा रहेको शेयर हो। जसको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ। त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाम हुने छ।

यस लिलामी प्रक्रियाको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने हुन्छ।

काठमाडौँ भित्र एनआईएमबि एस क्यापिटलको कार्यालयलाजिम्पाटबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै एनआईएमबि बैंकको विराटनगर, बिरगंज, पोखरा, र बुटवल शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले मङ्सिर २७ गतेदेखि  पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्रि नभएको शेयर लिलाम हुन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img