Tuesday, June 23, 2026
spot_img

२९ प्रतिशतले बढ्यो सिनर्जी पावरको खुद नाफा

spot_img
spot_img

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २९.०३ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ४ करोड ४९ लाख ६२ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधि कम्पनीको खुद नाफा ३ करोड ४८ लाख ९६ हजार रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने ५.२५ प्रतिशतले घटेको छ। कम्पनीको विद्युत बिक्रीको आम्दानि १२ करोड ६ लाखबाट घटेर ११ करोड ४३ लाखमा सिमित भएको छ। नेपाल विद्युत प्राधिकरणको निर्देशनको कारण आयोजना पूर्ण क्षमतामा संचालन गर्न नमिलेकोले विद्युत बिक्रीको आम्दानी घटेको कम्पनीले जनाएको छ ।

यस अवधिमा कम्पनीले प्रशासनिक तथा अन्य खर्च भने २३ प्रतिशतले घटाएको छ। कम्पनीको प्रशासनिक तथा अन्य खर्च ७ करोड ६१ लाखबाट घटेर ५ करोड ८६ लाखमा सिमित भएको छ। विद्युत बिक्रीको आम्दानी घटे पनि कम्पनीले प्रशासनिक तथा अन्य खर्च घटाएकोले कम्पनीको खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ७.४३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११४.०७ रुपैयाँ रहेको छ । १ अर्ब २० करोड ९८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १४ करोड ३६ लाख रहेको छ।

कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने मध्य होड खोला “ए” जलविद्युत आयोजना ( २२ मे.वा.) को प्रबर्द्धक कम्पनी एपेक्स मकालु हाइड्रो पावर लिमिटेडमा ४० प्रतिशत स्वपूँजी लगानी गर्ने प्रतिवद्धता बमोजिम ४४ करोड २७ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । उक्त आयोजना हाल निर्माणाधिन अवस्थामा रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img