लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले माघ १८ गते बोलपत्र खोलेर माघ २१ गते शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार यस लिलामीको शेयरको अन्तिम कट अफ मूल्य १८७.१० रुपैयाँ कायम भएको छ। १८७.१० रुपैयाँ भन्दा माथिको मूल्यमा आवेदन दिनेले शेयर पाएका छन्। १८७.१० रुपैयाँमा आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाएका छन् ।
कम्पनीले शेयर नपाउनेलाइ माघ २५ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ । आवेदकले खातामा उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत पैसा पठाइने कम्पनीले जनाएको छ।
लिबर्टीले माघ २ देखि माघ ९ गतेसम्म हकप्रदमा अवितरित साधारण समुहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने व्यवस्था थियो ।
कम्पनीले मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाममा ल्याएको हो।












