Wednesday, June 24, 2026
spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

spot_img
spot_img

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.४१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेर ११ करोड १४ लाख पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेर १६ लाख ६९ हजार कायम भएको छ । लघुवित्तको संचालन मुनाफा ४३.३८ प्रतिशतले घटेर ७ करोड ४७ लाख कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा पनि ३८.१७ प्रतिशतले घटेर ३ करोड ९१ लाखमा सिमित भएको छ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२५.३३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

१ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ३४ करोड ६ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img