नेपाल राष्ट्र बैंकले दुई वटा विकास बैंक र दुई वटा फाइनान्सलाई कारवाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अवधिमा गरेको गल्तीको कारण ति विकास बैंक र फाइनान्सलाई कारवाही गरेको हो ।
कारवाही पर्ने विकास बैंकमा गरिमा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै फाइनान्सतर्फ पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स रहेका छन् ।
गरिमा विकास बैंकले कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले संस्थालाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले बैंकले जनाएको छ।
कर्णाली डेभलपमेन्ट बैंकलाई भने राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख. बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा ८६ग. को उपदफा (२) मा भएको व्यवस्था बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरि र सोही ऐनको दफा ८६ग. को उपदफा (१) बमोजिम संस्थाको सञ्चालन तथा व्यवस्थापन यस बैंकबाट गठित व्यवस्थापन समुहमार्फत आफ्नो नियन्त्रणमा लिएको हो।
त्यस्तै पोखरा फाइनान्सको सञ्चालक समितिले आफै वा आफु अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजम सचेत गराएको छ।
त्यस्तै सेन्ट्रल फाइनान्सले मिति २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्म ((P12) को अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा राष्ट्र बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३÷०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१÷८० को बुँदा नं. ७ ( संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम फाइनान्सलाई पहिलो पटकका लागि रु.९१०६।०९ नगद जरिवाना गरेको हो।
यो पनि : निर्देशन नमानेपछि राष्ट्र बैंकले १५ वटा वित्तीय संस्थाका सीइओलाई गर्यो कारवाही









