Wednesday, June 24, 2026
spot_img

१०० प्रतिशतले बढ्यो गुराँस लघुवित्तको खुद नाफा

spot_img
spot_img

गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १००.०८ प्रतिशत बढेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा बढेर १ करोड ५४ लाख ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख २८ हजार रुपैयाँ मात्र थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले बढेर ५ करोड ६४ लाख पुगेको छ। यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६.६८ प्रतिशतले बढेर ७ करोड १३ लाख पुगेको छ। यस अवाधिमा कम्पनीले सम्भावित जोखिमको लागि २५ लाख ९१ हजार प्रोभिजन गरेको छ।

यस अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा आएको छ। कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ।

११ करोड ५४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img