Thursday, April 23, 2026
spot_img
spot_img

डोङफेङ नामी ईभीको सोरुम नागपोखरीमा, नगद छुट सहितका अफर घोषणा

spot_img
spot_img

डोङफेङ नामी विद्युतीय गाडी आधिकारिक सोरुम नागपोखरीमा सञ्चालनमा आएको छ । नेपालका लागि डोङफेङ नामी ईभीको आधिकारीक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।

“नेपालमा हाम्रो अत्याधुनिक सोरूम खोल्न पाउँदा हामी रोमाञ्चित भएका छौँ,” एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।”

सोरुमको उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन र एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति रहेको थियो । यस्तै, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो ।

नामीले नेपालमा सार्वजनिक भएको एक महिनामै ४ सयभन्दा बढी ग्राहक प्राप्त गरिसकेको बताइएको छ ।

नयाँ सोरुमसँगै नामीले निश्चित समयका लागि विभिन्न अफरसहितको मेगा टेस्ट ड्राइभ क्याम्प घोषणा गरेको छ । जनवरी ११ देखि १६ सम्म मेगा टेस्ट ड्राइभ क्याम्प पनि आयोजना हुने भएको छ । नयाँ सोरुमबाट कम्पनीले ‘नाउ अर नेभर’ मेगा अफरमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पनि दिइरहेको छ ।

गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउने कम्पनीले जनाएको छ ।

यस्तै ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज मूल्यमा नयाँ नामी ईभीसँग साट्न सक्नेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...
spot_img