Thursday, April 23, 2026
spot_img
spot_img

नाडा र नाडाका संस्थागत एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  पौष २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नाडाले जनाएको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए । सो कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पु¥याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक अषर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरि दिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको नाडाले जनाएको छ।

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर दिएका थिए भने नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए ।

सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो । त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कूल ८ टिमविच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडाका संस्थागत एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरुमा पनि गर्दै जाने नाडाले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...
spot_img