Saturday, July 18, 2026
spot_img

८ वटा संस्थामा राष्ट्र बैंकको शेयर लगानी, २ वटामा गरिएको लगानी डुब्यो

spot_img

नेपाल राष्ट्र बैंकले विभिन्न ८ वटा संस्थाको शेयरमा लगानी गरेको छ। राष्ट्र बैंकको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गरिएको वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैंकले ८ वटा संस्थामा लगानी गरेको हो ।

८ वटा संस्थामा लगानी गरेको मध्ये २ वटा संस्थामा राष्ट्र बैंकले गरेको डुबिसकेको छ। राष्ट्र बैंक आफैले पनि ति दुई संस्थामा आफुले गरेको लगानी उठ्दैन भनेर लगानी गरिएको शतप्रतिशत रकम नै प्रोभिजन गरिसकेको छ ।

 कहाँ कहाँ छ राष्ट्र बैंकको लगानी ?

राष्ट्र बैंकले एग्रिकल्चरल प्रोजेक्ट सर्भिसेस सेन्टर प्रालिमा ५ हजार कित्ता शेयर लगानी गरेर सो कम्पनीको ६२.५ प्रतिशत शेयर लिएको थियो। तर लामो समयदेखि यो कम्पनी संचालनमा छैन र अडिट पनि भएको छैन । राष्ट्र बैंकले पनि यहाँ गरिएको लगानी अब उठ्दैन भनेर लगानी गरेको रकमलाई प्रोभिजन गरिसकेको छ ।

त्यस्तै राष्ट्र बैंकले राष्ट्रिय जीवन बीमा कम्पनीमा १० लाख ५ हजार ६ सय ६७ कित्ता शेयर लगानी गरेर सो बीमा कम्पनीको ५५ दशमलव ५६ प्रतिशत शेयर लिएको छ । यो पहिले राष्ट्र बीमा संस्थानको रुपमा थियो। यो कम्पनी हाल संचालन मै छ , तर आर्थिक वर्ष २०६५/६६   पछि लाभांश भने दिएको छैन । लामो समयदेखि कम्पनीको अडिट भएको छैन भने कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ।

राष्ट्र बैंकसँग नेपाल स्टक एक्सचेन्ज नेप्सेको शेयर पनि छ । कुनै समय राष्ट्र बैंकसँग नेप्सेको ३४.६ प्रतिशत शेयर थियो । अहिले भने त्यो घटेर ९ दशमलव ५१ प्रतिशतमा सिमित भएको छ । हाल राष्ट्र बैंकसँग नेप्सेको ९ लाख ५० हजार ६ सय ३७ कित्ता शेयर रहेको छ । नेप्सेले भने पछिल्लो ७ वर्षदेखि लगातार लाभांश दिइरहेको छ।

त्यस्तै राष्ट्र बैंकले नेशनल प्रोडक्टीभिटी एण्ड इकोनोमिक डेभलपमेन्ट सेन्टरमा २५ हजार कित्ता शेयर लगानी गरेर सो कम्पनीको ३१.५२ प्रतिशत शेयर लिएको छ ।  लामो समयदेखि यो कम्पनी संचालनमा छैन । अहिले यो कम्पनी खारेजीको अवस्थाको गईसकेको छ, र यस कम्पनीमा पनि राष्ट्र बैंकको लगानी डुबेको छ। राष्ट्र बैंकले यस कम्पनीमा गरेको लगानीको पनि प्रोभिजन गरेको छ।

राष्ट्र बैंकसँग निक्षेप तथा कर्जा सुरक्षण कोषको पनि शेयर रहेको छ। राष्ट्र बैंकसँग कोषको १० प्रतिशत शेयर अर्थात् १ करोड कित्ता शेयर छ।  कोषको बाँकि ९० प्रतिशत शेयर भने नेपाल सरकार अर्थ मन्त्रालयसँग रहेको छ।

राष्ट्र बैंकसँग नेपाल क्लियारिंग हाउस लिमिटेडको ९.४५ प्रतिशत शेयर अर्थात् १० लाख ६ हजार ६ सय ३७ कित्ता शेयर छ। क्लियारिंग हाउस लिमिटेडले ९ वर्षदेखि लगातार लाभांश दिइरहेको छ ।

यस बाहेक कर्जा सूचना केन्द्र र नेशनल बैंकिंग इन्स्टिच्युटको शेयर पनि राष्ट्र बैंकसँग छ। यी दुवै संस्थामा राष्ट्र बैंकको समान ९.५ प्रतिशत शेयर स्वामित्व रहेको छ। राष्ट्र बैंकसँग कर्जा सूचना केन्द्रको ४ लाख १४ हजार २ सय ८७ कित्ता शेयर छ भने नेशनल बैंकिंग इन्स्टिच्युटको १ लाख ८७ हजार ६ सय ३१ कित्ता शेयर रहेको छ ।

कर्जा सूचना केन्द्रबाट राष्ट्र बैंकले विगत ६ वर्षदेखि निरन्तर लाभांश प्राप्त गरिरहेको छ । त्यस्तै नेशनल बैंकिंग इन्स्टिच्युटले पनि ८ वर्षदेखि निरन्तर लाभांश प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकले तोकिएका क्षेत्रको संस्था (कम्पनी) को चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र ऋण तथा शेयर लगानी गर्न पाउँछ । ऐनको यो व्यवस्था अनुसार राष्ट्र बैंकले राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक अन्य कम्पनीमा गरेको लगानी सीमा भित्र ल्याईसकेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीमा गरिएको लगानी भने १० प्रतिशतको सीमामा ल्याउन जटिल रहेको र समय लाग्ने बताउदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img