Saturday, July 18, 2026
spot_img

के फेरि लोडसेडिङको जोखिम बढेको हो ?

spot_img

अहिले उद्योगहरुले कम भोल्टेजको बिजुली पाइरहेको र ‘पिक आवर’मा लाइन नै कटौती भइरहेको गुनासो गर्दै आएका छन् । औद्योगिक करिडोरहरुमा रहेका उद्योगले माग अनुसार बिजुली नपाइरहेको र अघोषित लोडसेडिङ ब्यहोर्नु परिरहेको गुनासो गरेका छन् ।

उद्योगी प्रबलजंग पाण्डेका अनुसार भारतबाट पिक आवरमा लोड काँटिदा उद्योगमा लोडसेडिङ भइरहे पनि विद्युत प्राधिकरणका अधिकारीहरु र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ यसलाई स्वीकार गर्न तयार नदेखिएको बताएका छन् । उद्योगमा केही समय लोडसेडिङ र केही समय कम भोल्टेजको बिजुली दिने गरिएपनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले लोडसेडिङ स्वीकार नगरेको उनको भनाइ छ ।

‘बिगतमा ढल्केबार मुजफ्फपुर अन्तरदेशिय प्रशारण लाईन जडान भएर भारतबाट बिजुली आयात हुँदा लोडसेडिङ अन्त्य भयो, व्यक्तिलाई देवत्वकरण गरियो’ उनले फेसबुकमा लेखेका छन्, ‘फेरि आज भारतबाट उभबप जयगच मा लोड काटियो र उद्योगमा केही समय लोडसेडिङ र केही समय यिध खयतिबनभ को बिजुली दिईएको छ । तर देवत्वकरण भएको व्यक्ति लोडसेडिङ छ भन्नु हुँदैन । उद्योगलाई प्राथमिकता पनि दिनु हुँदैन ।’

बाढीले आयोजनामा क्षति हुँदा समस्या

प्राधिकरणका अधिकारीहरुका अनुसार गत असोजमा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति हुँदा विद्युत आपूर्तिमा केही समस्या देखिएको छ । खासगरि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति हुँदा त्यसको प्रभाव विद्युत वितरणमा देखिएको प्राधिकरणका एक जना अधिकारीले बताए ।

‘अहिले यहाँ (माथिल्लो तामाकोशी)बाट कुल क्षमताको एक तिहाई मात्रै उत्पादन सुरु भएको छ, यसले केही राहत प्रदान गरेपनि विद्युत वितरणमा सहजता भने छैन’ ति अधिकारीले भने, ‘यसको विकल्प भनेको आयात नै हो ।’

अहिले भारतबाट विद्युत आयात भएपनि त्यो पर्याप्त भने नरहेको जानकारहरु बताउँछन् । उसै पनि हिउँदमा विद्युत आयात गर्नु परिरहेको सन्दर्भमा गत असोजको बाढीले आयोजनाहरुमा क्षति गर्दा आयात बढाउनुपर्ने बाध्यता थपिएको बताइन्छ ।

के भन्छ प्राधिकरण ?

त्यसो त प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ भने लोडसेडिङ हुँदा रमाउने जमातले नै अहिले लोडसेडिङको हल्ला चलाइरहेको दाबी गर्छन् । केही दिन अघि मात्रै भएको एक सार्वजनिक कार्यक्रममा उनले आयोजनामा आएको प्राविधिक समस्याका कारण अहिले केही घण्टा विद्युत् वितरणमा समस्या भएपनि लोडसेडिङ नरहेको दाबी गरेका छन् ।

अहिले उद्योगमा लोडसेडिङ गरियो भन्नेहरुलाई २४सैँ घण्टा उद्योग चलाउन घिसिङले चुनौति पनि दिए । ‘अहिले व्यस्त समयमा केही मात्रामा उद्योगको लाइन काटिएको हो, तर उद्योग चल्ने समयमै लाइन दिइएन भन्नु गलत हो’ घिसिङ भन्छन्, ‘उद्योग २४सैँ घण्टा चल्ने पनि होइन, ८ घण्टा १२ घण्टा चल्ने हो, हामीले यति समयका लागि बिजुली दिइरहेका छौँ । २४सैँ घण्टा विद्युत दिँदा पनि यो भन्दा बढी समय उद्योग चल्ने होइनन्, तर, दुई÷चार घण्टा बिजुली कम आयो भन्दैमा लोडसेडिङ गराइयो भन्न मिल्दैन । लोडसेडिङ छैन, हुँदैन ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img