Saturday, July 18, 2026
spot_img

५ महिनामा नेपालबाट १३ अर्बको विद्युत् भारतमा निकासी

spot_img

चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा १ अर्ब ७६ करोड युनिट बिजुली भारतमा निर्यात गरेको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे–अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा र बिहारलाई बुजली बेच्दै आएको छ । यस अवधिमा प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु (भारतीय रुपैयाँ) आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरेको प्राधिकरणले मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको बिजुली निकासी गरेको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित केही जलविद्युत केन्द्रमा क्षति पुगेका कारण निर्यात कम भएको बताएका छन् । उनका अुनसार अबको २ हप्ताभित्र माथिल्लो तामाकोशीबाट पनि बिजुली उत्पादन सुरु हुनेछ ।

प्राधिकरणका अनुसार अहिले विद्युत निर्यात बन्द भएको छ । सुख्खा याम भएकाले अहिले आन्तरिक माग धान्न बिजुलीको आयात सुरु गरिएको छ ।

यद्यपी, प्राधिकरणले चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिँदा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img