Thursday, September 3, 2026
spot_img

मिथिला लघुवित्तको लाभांशमा सामान्य संशोधन

spot_img

मिथिला लघुवित्तको लाभांशमा सामान्य संशोधन भएको छ। लघुवित्तको मङ्सिर २५  गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश  संशोधन गरेको हो ।

कम्पनीले यस अघि मङ्सिर २० गते  हाल कायम चुक्ता पुँजीको १४.२८६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर कम्पनीले लाभांशको जानकारी गराउंदा भूल भएको भन्दै लाभांशमा सामान्य हेरफेर गरेको हो ।

जस अनुसार अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। हाल लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रहेको छ। कुल लाभांश १५ प्रतिशत नै रहे पनि कम्पनीले बोनस र नगदको अनुपातमा सामान्य हेरफेर गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...