मिथिला लघुवित्तको लाभांशमा सामान्य संशोधन भएको छ। लघुवित्तको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश संशोधन गरेको हो ।
कम्पनीले यस अघि मङ्सिर २० गते हाल कायम चुक्ता पुँजीको १४.२८६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । तर कम्पनीले लाभांशको जानकारी गराउंदा भूल भएको भन्दै लाभांशमा सामान्य हेरफेर गरेको हो ।
जस अनुसार अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। हाल लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रहेको छ। कुल लाभांश १५ प्रतिशत नै रहे पनि कम्पनीले बोनस र नगदको अनुपातमा सामान्य हेरफेर गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









