Thursday, June 25, 2026
spot_img

घट्यो नेप्से सूचक

spot_img
spot_img

आज नेप्से परिसूचक २३.८२ अंकले घटेर २ हजार ८९.४२ विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीहरु मापक सेन्सेटिभ इन्डेक्स पनि ४. ८२ अंकले घटेर ३७४.०९ अंकमा पुगेको छ ।यस दिन ५६ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयरमूल्य घटेको छ।

यो दिन नेप्से घटेको भएपनि कारोबार भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयरको ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ ।

आजको बजार घटाइले आगामी बजेटप्रति नकारात्मक प्रतिक्रिया दिएको जस्तो देखिएको छ । बजेटमा लगानीकर्ताका माग सम्बोधन नभएकाले बजारले नकारात्मक प्रतिक्रिया दिएको लगानीकर्ताले बताएका छन् ।

लगानीकर्ताहरुले बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था हुने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो। तर, त्यस्तो केहि भएन । जसका कारण बजार घटेर २ हजार १०० विन्दुभन्दा तल झरेको हो।

यो दिन चार वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसअनुसार युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी, यो दिन पोखरा फाइनान्सको शेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ। त्यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।

त्यस्तै यो दिन विकास बैंक १.११, हाइड्रोपावर ०.११, लगानी ०.८३, जीवन बीमा १.३०, लघुवित्त १.७१, निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशतले घटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img