Thursday, November 13, 2025
spot_img

घट्यो नेप्से सूचक

spot_img

आज नेप्से परिसूचक २३.८२ अंकले घटेर २ हजार ८९.४२ विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीहरु मापक सेन्सेटिभ इन्डेक्स पनि ४. ८२ अंकले घटेर ३७४.०९ अंकमा पुगेको छ ।यस दिन ५६ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयरमूल्य घटेको छ।

यो दिन नेप्से घटेको भएपनि कारोबार भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयरको ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ ।

आजको बजार घटाइले आगामी बजेटप्रति नकारात्मक प्रतिक्रिया दिएको जस्तो देखिएको छ । बजेटमा लगानीकर्ताका माग सम्बोधन नभएकाले बजारले नकारात्मक प्रतिक्रिया दिएको लगानीकर्ताले बताएका छन् ।

लगानीकर्ताहरुले बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था हुने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो। तर, त्यस्तो केहि भएन । जसका कारण बजार घटेर २ हजार १०० विन्दुभन्दा तल झरेको हो।

यो दिन चार वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसअनुसार युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी, यो दिन पोखरा फाइनान्सको शेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ। त्यस्तै बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।

त्यस्तै यो दिन विकास बैंक १.११, हाइड्रोपावर ०.११, लगानी ०.८३, जीवन बीमा १.३०, लघुवित्त १.७१, निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशतले घटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img