Monday, June 1, 2026
spot_img

लगानीकर्तालाई युद्द र मन्दीको त्रास, क्रिप्टोबजार र एशियाली शेयर बजारमा भारी गिरावट

spot_img
spot_img

मध्य पूर्वमा इरान र इजरायलबीच युद्द चर्किने संकेत र अमेरिका आर्थिक मन्दीमा फस्न सक्ने संकेत देखापरेपछि विश्वका शेयर बजारमा भारी गिरावट आएको छ। विशेषगरि एशियाली शेयरबजारमा सोमबार भारी गिरावट आएको हो ।

भारत, जापान, साउथ कोरिया, ताइवान, अमेरिका लगायतका बजारमा भारी गिरावट आएको हो। आज भारतको निफ्टी फिफ्टी, र सेन्सेक्स ३ प्रतिशतभन्दा धेरैले घटेको छ भने बिएसई सेन्सेक्स २.७४ प्रतिशतले घटेको छ।

जापानको शेयरबजार उच्चतम बिन्दुबाट २० प्रतिशत घटेर बियर मार्केटको संकेत गरेको छ। जापानको निक्की २५५ इन्डेक्स १२.४० प्रतिशत घटेको छ, जुन इतिहास कै उच्च गिरावट हो ।

साउथ कोरियाको कोप्सी इन्डेक्स ८.१ प्रतिशतले घटेको छ। त्यस्तै कोस्दाक इन्डेक्स ११.७१ प्रतिशत घटेको छ। ताइवानको ताइवान वेटेड इन्डेक्स ८ प्रतिशत तथा हंगकंगको हांगसांग इन्डेक्स १.६१ प्रतिशत घटेको छ। चीनको सीएसआई ३०० इन्डेक्स ०.४८ प्रतिशत घटेको छ। शेयर मात्र नभई आज क्रिप्टोको मूल्यमा भारी गिरावट आउंदै १५ प्रतिशतले घटेको छ।

गिरावटको कारण युद्द र अमेरिकामा मन्दीको त्रास 

पछिल्लो समय इरान, लेबनान, र हजिबुल्लाहले संयुक्त रुपमा इजरायल माथि आक्रमणको तयारी गरिरहेका छन् । इजरायलले गरेको आक्रमणमा हजिबुल्लाहका शिर्ष नेता मारिएपछि इजरायललाई त्यसको जवाफ दिने तयारीमा इरान, लेबनान, र हजिबुल्लाह छन् । इजरायललाई पश्चिमा देशको समर्थन रहेको छ भने इरानलाई रुस र उत्तर कोरियाको सहयोग छ ।  यदि इरान, लेबनान, र हजिबुल्लाहले इजरायलमा आक्रमण गरेमा इजरायलले पनि त्यसको जवाफ दिने र मध्य पूर्व पूर्णमा युद्दमा जाने संकेतहरु देखिएको छ। यसले विश्व नै विभाजित हुने युद्दको अवस्था सिर्जना हुने भएकोले लगानीकर्तामा त्रास देखिएको छ।

त्यस्तै अमेरिकामा आर्थिक मन्दीको संकेतहरु देखा परेकोले लगानीकर्ता माझ त्रास छाएको छ। अमेरिकी अर्थतन्त्र सुस्त हुँदै गएको र अर्थतन्त्र चलायमान बनाउनको लागि त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउन ढिलाई गरेको बताईएको छ। अब ढिलो भएकोले ब्याजदर घटाएर पनि अर्थतन्त्र चलायमान हुन् नसक्ने  आशंकाहरु व्यक्त भएका छन् ।

त्रासका बीच सुनको माग उच्च 

युद्द र मन्दीका त्रासका बीच लगानीकर्ताहरु ‘सुरक्षित लगानी’ को रुपमा सुनमा सिफ्ट हुन थालेपछि माग बढेर सुनको मूल्य भने हालसम्म कै उच्च भएको छ। आज नेपालमा छापावाल सुन एक तोला कै डेढ लाख रुपैयाँ पुगेको छ।  जुन हालसम्म कै उच्च हो । युद्द र मन्दीका त्रासका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने आँकलन गरिएको छ।  जसले सुन अझै महँगो बनाउने छ।

(एजेन्सीहरुको सहयोगमा)

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थ्रीस्टार हाइड्रोको ४२ लाख कित्ताको लकइन अवधि असारमा सकिँदै

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४२ लाख कित्ता बढी शेयरको लकइन...

सर्वसाधारणलाई सानिगाड हाइड्रोको आईपीओ आजदेखि

सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि आम सर्वसाधारणलाई...

‘नेपालले भारतको सीमा मिचेको’ बालेनको भनाईबारे परराष्ट्र मन्त्रालयले दियो यस्तो प्रष्टीकरण

नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा व्यक्त गरेको विषयबारे...

निक्कीद्वारा १९ बुँदामार्फत बजेटको स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारद्वारा २०८३ जेठ...

राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्दै सरकार, हरेक दिन एक जनालाई लखपति बनाउने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हरेक दिन राष्ट्रिय लट्री...
spot_img