२ हजार ३ सय फर्मबाट २३ अर्ब कर छली भएको आशंका, अनुसन्धान गर्दै आईआरडी

spot_img

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय व्यापारिक फर्मबाट कर छली भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु गर्न लागेको छ । विभागले झुटा तथा नक्कली बीजकको प्रयोग गरी कर छली भएको निष्कर्ष निकाल्दै २ हजार ३ सय व्यापारिक फर्म तथा करदातामाथि अनुसन्धान सुरु गर्न लागेको हो ।

विभागका अनुसार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ४३ वटा आन्तरिक राजस्व कार्यालयबाट गरिएको अध्ययनले २ हजार ३ सय फर्मले कर छली गरेको देखिएको छ । कर छली गरेको आशंकामा परेका फर्महरुको विवरण मातहतका कार्यालयहरुमा पठाइसकिएको छ । त्यस्ता २ हजार ३ सय फर्मबाट २३ अर्ब कर छली भएको अनुमान विभागको छ ।

विभागले आर्थिक वर्ष २०७९/०८० मा पनि कर छली गर्ने १ हजार ९८६ फर्ममाथि अनुसन्धान गरेर ११ अर्ब ३ करोड १७ लाख कर निर्धारण गरिसकेको छ । यसरी निर्धारण भएको करमध्ये हालसम्म ३१ करोड रुपैयाँ अशुल भइसकेको विभाग स्रोतले बताएको छ । बाँकी कर अशुलीको प्रक्रिया जारी छ ।

यसलगत्तै विभागले गत आर्थिक वर्षमा भएको कारोबार र कारोबारमा संलग्न व्यापारिक फर्ममाथि सुक्ष्म निगरानी गर्दै २ हजार ३ सय फर्महरुमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकाल्दै अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...