Tuesday, June 9, 2026
spot_img

२ हजार ३ सय फर्मबाट २३ अर्ब कर छली भएको आशंका, अनुसन्धान गर्दै आईआरडी

spot_img
spot_img

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय व्यापारिक फर्मबाट कर छली भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु गर्न लागेको छ । विभागले झुटा तथा नक्कली बीजकको प्रयोग गरी कर छली भएको निष्कर्ष निकाल्दै २ हजार ३ सय व्यापारिक फर्म तथा करदातामाथि अनुसन्धान सुरु गर्न लागेको हो ।

विभागका अनुसार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ४३ वटा आन्तरिक राजस्व कार्यालयबाट गरिएको अध्ययनले २ हजार ३ सय फर्मले कर छली गरेको देखिएको छ । कर छली गरेको आशंकामा परेका फर्महरुको विवरण मातहतका कार्यालयहरुमा पठाइसकिएको छ । त्यस्ता २ हजार ३ सय फर्मबाट २३ अर्ब कर छली भएको अनुमान विभागको छ ।

विभागले आर्थिक वर्ष २०७९/०८० मा पनि कर छली गर्ने १ हजार ९८६ फर्ममाथि अनुसन्धान गरेर ११ अर्ब ३ करोड १७ लाख कर निर्धारण गरिसकेको छ । यसरी निर्धारण भएको करमध्ये हालसम्म ३१ करोड रुपैयाँ अशुल भइसकेको विभाग स्रोतले बताएको छ । बाँकी कर अशुलीको प्रक्रिया जारी छ ।

यसलगत्तै विभागले गत आर्थिक वर्षमा भएको कारोबार र कारोबारमा संलग्न व्यापारिक फर्ममाथि सुक्ष्म निगरानी गर्दै २ हजार ३ सय फर्महरुमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकाल्दै अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img