आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

spot_img

आज आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेको छ । सरकारले साउन २० गते आइतबारका लागि उपत्यकाका ३ जिल्लामा सार्वजनिक दिने निर्णय गरेको हो ।

आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्‍याइएको हो ।

रातो मत्स्येन्द्रनाथका पूजारी शाहु शाक्यका अनुसार रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मत्स्येन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार आज राष्ट्र प्रमुखबाट भोटो देखाइने छ ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पूरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...