Saturday, November 15, 2025
spot_img

श्रम मन्त्रीले भेटे दुइ देशका राजदूत

spot_img

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले भेटवार्ता गरेका छन् । भेटमा आप्रवासन र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताएका छन् ।

मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क ताई यंगले पनि भेट गरेका छन् । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भएको ईपीएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।

भेटमा ईपीएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, ईपीएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिने गरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कोरिया जाने कामदारलाई नेपालमै आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापनाको अपेक्षासहित नेपाल फर्किएका कामदारले आफूले सिकेका सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा समेत दुइ देशबीच सहकार्य गर्नेबारे छलफल भएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img