Friday, April 10, 2026
spot_img
spot_img

श्रम मन्त्रीले भेटे दुइ देशका राजदूत

spot_img
spot_img

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले भेटवार्ता गरेका छन् । भेटमा आप्रवासन र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई रोजगारीको केन्द्रका रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताएका छन् ।

मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क ताई यंगले पनि भेट गरेका छन् । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भएको ईपीएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।

भेटमा ईपीएस कोरियाका सम्बन्धमा भएको द्विपक्षीय श्रम समझदारी अद्यावधिक गरी समसामयिक बनाउने, ईपीएस कोरियासँग सम्बन्धित विषयवस्तुका बारेमा छलफल गरी सुझाव दिने गरी मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कोरिया जाने कामदारलाई नेपालमै आवश्यक सीप सिकाउने तालिम केन्द्र स्थापनाको अपेक्षासहित नेपाल फर्किएका कामदारले आफूले सिकेका सीपको उपयोग गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा समेत दुइ देशबीच सहकार्य गर्नेबारे छलफल भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...
spot_img