Saturday, April 11, 2026
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

spot_img
spot_img

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित बनाउने गरी विकास गरिएको e-Pension Verification System को शुभारम्भ भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज यस प्रणालीको शुभारम्भ गरेका हुन् ।

यस संगै अब सेवा निवृत्त राष्ट्रसेबक कर्मचारी (निजामती, शिक्षक, नेपाली सेना, प्रहरी) ले निवृत्तभरण व्यवस्थापन कार्यालय (Pension Management Office) को वेबसाइट pension.gov.np मा गई हाम्रो सेवाहरू भित्र रहेको IPMS-V2 बटनमा क्लिक गरी आफ्नो घरबाट नै पेन्सन सम्बन्धी सेवा लिन सक्ने छन् । साथै, सेवा प्रयोगसम्बन्धी कुनै जिज्ञासा वा अस्पष्टता भएमा सोही प्रणालीमा उपलब्ध IPMS Video Tutorial हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस प्रणालीको कार्यान्वयनसँगै सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूले वार्षिक रूपमा आफूले पेन्सन लिइरहेको बैंकमा भौतिक रूपमा उपस्थित भई प्रमाणीकरण गराउनु पर्ने अबस्थाको अन्त्य भएको छ । साथै, सेवाग्राहीहरुले आफूलाई पायक पर्ने बैंकमा पेन्सन खाता खोल्नका लागि निवृत्तभरण व्यवस्थापन कार्यालय जानु पर्ने बाध्यता पनि हटेको छ। यसबाट सेवा निवृत्त कर्मचारीहरूले पेन्सन सुविधा लिँदा थप सहज, मितव्ययी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले आफु र मातहतका कार्यालयहरूबाट प्रदान गरिँदै आएका सरकारी सेवाहरूलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले यो प्रणाली सुरु गरिएको जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...
spot_img