प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको छ । उपसभामुख पदको निर्वाचन अघि संसदमा आयोजित छलफलमा एमालेको तर्फबाट बोल्दै मोहम्मद इस्तियाक राईले यो निर्वाचनमा एमाले तटस्थ बस्ने बताएका हुन् ।
यस संगै एमालेले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने भएको हो। उपसभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। उपसभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको हो।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ। यससंगै ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
ठाकुर श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद हुन् । उनी २५ वर्षकी भइन्।













