Saturday, April 11, 2026
spot_img
spot_img

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

spot_img
spot_img

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको छ । निगमका कार्यकारी निर्देशन डा. चण्डिका भट्टले एक भिडियो सन्देश जारी गरेर इन्धनको बचत गर्न उपभोक्ताहरुलाई अनुरोध गरेका हुन् ।

उनले एक जना मोटरसाइकलले दैनिक १ लिटर पेट्रोल बचाउन सके एक दिनमा राज्यको २२ करोड बचत हुने र पेट्रोल डिजेल प्रयोग गर्ने १ गाडिले हरेक दिन १ लिटर बचत गरेमा करिब ४ करोड बचत हुने जनाएका छन् । यसरी प्रयोगकर्ताले एक दिनमा एक लिटर इन्धनको बचत गर्दा राज्यको दैनिक २६ करोड रुपैयाँ बचत हुने उनको भनाइ छ ।

कार्यकारी निर्देशक सरकारबाट कर छुट पाउँदा पनि किन मूल्य बढ्यो भन्ने प्रश्नको समेत जवाफ दिएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल र भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ खरिद दरमा भएको बढोत्तरीका कारण मूल्य समायोजन गर्नैपर्ने बाध्यता रहेको स्पष्ट पारेका छन् । उनका अनुसार सरकारले कर छुट नदिएको भए मूल्य अझै माथि जान्थ्यो ।

‘सरकारले केही शीर्षकमा कर सहुलियत दिएकै कारण मूल्य अझै धेरै माथि जान नपाएको हो’ कार्यकारी निर्देशक भट्टले भने ‘सरकारले करमा लचकता नदेखाएको भए र निगमले लागत अनुसारकै मूल्य तोकेको भए इन्धनको भाउ अहिलेको तुलनामा निकै महँगो हुने थियो ।’

आयल निगम अहिले पनि ठुलो सञ्चित नोक्सानीमा रहेको र पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नका लागि वित्तीय सन्तुलन कायम राख्नु अतिआवश्यक रहेको उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img