Saturday, April 11, 2026
spot_img
spot_img

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

spot_img
spot_img

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ पर्न थालेका छन् । बिजनेश पाना डटकमले गत पौषमा राइड सेयरिङका चालक तथा राइडरहरु महिला यात्रुलाई सेवा दिने क्रममा भ्लगका नाममा अपशब्द बोलेर भिडियो बनाउने र त्यस्ता भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको बारे समाचार प्रकाशित गरेको थियो ।

त्यतिबेला हामीले प्रहरीको साइबर ब्यूरोमा समेत यसबारे कुरा गरेका थियौँ । अहिले भने प्रहरीले महिला यात्रुहरुलाई अपशब्द प्रयोग गरेर भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्नेहरुलाई पक्राउ गर्न थालेको हो । यसक्रममा नक्सालबाट एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ति युवकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

प्रहरीले युवकको परिचय गोप्य राखेको छ भने पीडित पक्षलाई नजिकैको प्रहरी कार्यालयमा गएर उजुरी दिन आग्रह गरेको छ ।

यसअघिः

राइड सेयरिङको अध्यारो पाटो: ‘भ्लग’का नाममा महिला यात्रुको मानमर्दन, भिडियो छरपस्ट

पठाओ, इन्ड्राइभ, याङ्गो जस्ता राइड सेयरिङ सेवा प्रदायकका राइडर वा चालकहरुले ‘भ्लग’का नाममा महिला प्रयोगकर्ताहरुको मानमर्दन हुने गरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने क्रम बढ्दो थियो । खासगरी, रात्रीकालिन व्यवसाय (दोहारी साँझ, डान्स बार वा क्लबहरु)मा काम गर्ने व्यक्तिहरु काम सकेर घर फर्किँदा अवेर हुने र काम सकेर राइड सेयरिङ सेवा लिएर निवासमा फर्किँदा महिला तथा युवतीहरु राइडरहरुको ‘भ्लग’को शिकार हुने क्रम बढ्न थालेको छ ।

रात्रीकालिन व्यवसायमा काम गर्ने महिला तथा युवतीहरु तथा मदिरा पिएका महिलाहरुसँग ‘कामुक’ गफ गर्ने र उक्त कुराकानीलाई रेकर्ड गरेर युट्युब तथा फेसबुकमा अपलोड गर्ने क्रम पछिल्लो समय बढिरहको छ । सामाजिक सञ्जालहरुमा पनि यस्ता भिडियोहरु छरपस्ट देख्न सकिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img