Saturday, September 5, 2026
spot_img

सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउँछ, हस्तक्षेप गर्नै पर्दैन : अर्थमन्त्री पौडेल

spot_img

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तक्र्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गति दिनु सरकारको मूल ध्येय रहेको उनले स्पष्ट पारे ।

‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवाब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’

व्यापार व्यवसाय खस्किएर लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबल उकास्ने गरी सरकार आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताए । उनले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको उनले औंल्याए ।

फरक प्रसंगमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । ‘सरकारका नीति र वित्त नीतिको स्पिरिटअनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैंक सदैव सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने, ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै पर्दैन ।’

अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उनले बताए । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ,’ अर्थमन्त्री पौडेलले भने ।

अहिले राजस्व परिचालन पनि चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । ‘लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन,’ उनले भने, ‘राजस्व भनेको उत्पादन, उत्पादकत्व र निजी क्षेत्रको मनोबलसँग जोडिएको कुरा हो, सरकारले गर्नुपर्ने धेरै काम छन्, हामी सचेततापूर्वक अघि बढ्छौं ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...