Friday, May 23, 2025
spot_img

प्रधानमन्त्रीलाई महासंघ अध्यक्ष ढकालले दिए बधाई, नीजि क्षेत्रको मनोबल बढाउने आशा

spot_img

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भेटेरै बधाई दिएका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै अध्यक्ष ढकालले ओली निवास बालकोटमै पुगेर बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिएर फर्किदै अध्यक्ष ढकालले नयाँ सकारबाट देशमा लगानीको वातावरण बढ्ने र नीजि क्षेत्रको खुम्चिएको मनोबल उकास्ने खालका काम हुने आशा गरिएको बताएका छन् । उनले ओली नेतृत्वको सरकारबाट मुलुकको अर्थतन्त्रको विकास र निजी क्षेत्रको विस्तारका लागि सकारात्मक योगदान प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

‘अहिलेको अवस्थामा समग्र अर्थतन्त्र चलायमान बनाउन आवश्यक छ, अहिले निजी क्षेत्रको मनोबल खस्किएको अवस्था भएकाले थप लगानी विस्तार हुन सकेको छैन’ अध्यक्ष ढकालले भने, ‘लगानीको वातावरण बनाउन पनि निजी क्षेत्रको लुज भएको कन्फिडेन्सलाई बढाउन जरुरी छ, स्वदेशी र विदेशी लगानीका लागि हामीले त्यस अनुकुलको वातावरण बनाउनुपर्नेछ, नयाँ सरकारले यसतर्फ विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

भेटमा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले कानुनी र नीतिगत रुपमै निजी क्षेत्रले लगानीको वातावरण खोजेकाले यसतर्फ ओली नेतृत्वको सरकारले भूमीका निर्वाह गर्ने र नीजि क्षेत्रको मनोबल बढाउने अपेक्षा गरिएको बताएका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img