भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले करिब ३ दिनको वर्षाका कारण अवरुद्द बनेको बीपी राजमार्ग ३ दिनमै खुलाउने गरी काम सुरु गरिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री घिसिङले बीपी राजमार्ग अन्तर्गतका विभिन्न सडक खण्ड मर्मत गर्ने र अवरोध हटाउने काम सुरु गरिसकिएको बताएका हुन् ।
‘बीपी राजमार्गको नेपालथोक खण्डको अवरुद्ध सडक तत्कालै खोल्नेछौँ, यसका लागि हामीले काम पनि सुरु गरिसकेका छौँ’ उनले भने, ‘तीन चार दिनभित्रमै सडक खुल्ने छ । सकेसम्म त्यो भन्दा चाँडै सडक खोल्नेछौँ ।’
मन्त्री घिसिङले अहिले बीपी राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरेका छन् ।