शुक्रबार रातीदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी हालसम्म १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये इलामका १४ जना, रौतहटका ३ जना, खोटाङका १ जना र उदयपूरका १ जना रहेका छन् । रौतहटका ३ जनाको भने चट्याङ लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै, हालसम्म ८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा इलामका ४ जना र रसुवाका ४ जना रहेका छन् ।
११ जना भने घाइते रहेका छन् । घाइतेमध्ये इलामका ४ जना छन् । चट्याङ लागेर भोजपूरका ३ जना र खोटाङका ३ जना घाइते हुँदा चट्याङमै परेर मकवानपूरका १ जना पनि घाइते भएका छन् ।