बङ्गालको खाडीमा विकसित भएको मनसुनी वायुको प्रभाव काठमाडौँ उपत्यकामा कम हुँदै गएको छ । आइतबार बिहानैबाट काठमाडौँको अवस्था सामान्य छ ।
तर, कोशी, मधेस, बागमतीका केही जिल्ला र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मौसम पूर्ण बदली रहने अनुमान गरिएको छ ।
आइतबार दिउसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।