Monday, October 6, 2025

बीपी राजमार्गमा गाडी चलाउन रोक: काभ्रेभन्ज्याङ, भकुण्डे, नेपालथोक र खुर्कोटमा रोकिए गाडी

बीपी राजमार्गमा गाडी चलाउन रोक लगाइएको छ । रोशीखोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाइएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशीखोलामा पानीको बहाव बढेको र स–साना खहरेले पहिरो झारेपछि बीपी राजमार्गमा गाडी चलाउन पूर्ण रुपमा रोकिएको बताएका छन् ।

शुक्रबार रातिबाटै रोशीखोलामा पानीको बहाव बढेको छ । जसका कारण बीपी राजमार्ग हुँदै काठमाडौँ र बनेपा तथा धुलिखेलबाट गएका सवारी साधन काभ्रेभन्ज्याङ र आउँदै गरेका सवारी साधन भकुण्डेबेसीमा रोकिएका छन् । सिन्धुली हुँदै उपत्यका र बनेपा तथा धुलिखेलतर्फ आउँदै गरेका सवारी साधन नेपालथोक र खुर्कोटमा रोकिएका छन् । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार पिन्थली, विरुवाडाँडा र माम्तीमा सडक पूर्ण रुपमा अवरुद्द भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बाढी र पहिरोका कारण १०५ मेगावाटका १३ आयोजनाको बिजुली उत्पादन बन्द

निरन्तरको वर्षाबाट उत्पन्न बाढी तथा पहिरोका कारण १३ जलविद्युत...

मन्त्री घिसिङको दाबीः बीपी राजमार्ग ३ दिनभित्र खुलाउँछौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले करिब ३ दिनको...

बीपी राजमार्गको ४.५ किलोमिटर डाइभर्सन बाढीले बगायो

शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी...

यी ५ कारण: जसले बढाइरहेको छ सुनको भाउ

दशैँ बिदा पश्चात कारोबार भएको पहिलो दिन नै सुनको...

बाढी र पहिरोको कहरः १९ जनाको मृत्यु, ८ जना बेपत्ता

शुक्रबार रातीदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी...

ऐतिहासिक उचाईमा पुग्यो सुनको भाउ, एकैदिन तोलामा ७४ सयले बढ्यो

दशै बिदा पछिको पहिलो कारोबार दिनमा सुनको भाउ ह्वात्तै...
spot_img
spot_img
spot_img
spot_img