भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज ३० सेप्टेम्बर, २०२५ (असोज १४, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०।२४, डिजेलमा रु. २। ३५, मट्टितेलमा रु. २। ३९, हवाई इन्धनमा प्रति लिटर रु. ३ । ३९ र प्रति सिलिण्डर एल. पि. ग्याँसमा रु. ३।६० ले बढेर आएको छ नेपाल आयल निगमले जनाएको छ।
भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने हाल मूल्य नबढ्ने भएको छ। निगमका अनुसार आसन्न चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको हो।
यस्तो छ हालको मूल्य: