भक्तपूरको एक इँटाभट्टामा काम गर्दै पढेर एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरस्टोरले एमबीबीएसम्मको अध्ययन गराइदिने भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा बस्दै आएकी गोमा दिनरात शारीरिक श्रम गरेर पढ्दा पनि एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएकी थिइन् । उनले डाक्टर बन्ने सपना बुनेकी छिन् । उनको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण गोमाको डाक्र बन्ने सपना पूरा हुन कठिन थियो ।
सञ्चारमाध्यमहरुमा गोमाको पृष्ठभूमी र हालको अवस्था सार्वजनिक भएपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले उनलाई परिवारसहित कार्यालयमा बोलाएर एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिवद्धता जनाएका हुन् ।
यसैगरी गोमालाई गुरुङ दम्पत्तीले नगद १ लाख रुपैयाँसहित ल्यापटप र सम्मानपत्र पनि दिएका छन् ।
गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएकी हुन् ।