Sunday, May 10, 2026
spot_img

इँटाभट्टामा काम गर्दै पढेर एसईईमा ४ जीपीए ल्याएकी गोमालाई मिनबहादुरले डाक्टर पढाइदिने

spot_img
spot_img

भक्तपूरको एक इँटाभट्टामा काम गर्दै पढेर एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरस्टोरले एमबीबीएसम्मको अध्ययन गराइदिने भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा बस्दै आएकी गोमा दिनरात शारीरिक श्रम गरेर पढ्दा पनि एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएकी थिइन् । उनले डाक्टर बन्ने सपना बुनेकी छिन् । उनको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण गोमाको डाक्र बन्ने सपना पूरा हुन कठिन थियो ।

सञ्चारमाध्यमहरुमा गोमाको पृष्ठभूमी र हालको अवस्था सार्वजनिक भएपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले उनलाई परिवारसहित कार्यालयमा बोलाएर एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैगरी गोमालाई गुरुङ दम्पत्तीले नगद १ लाख रुपैयाँसहित ल्यापटप र सम्मानपत्र पनि दिएका छन् ।

गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएकी हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img