Thursday, November 13, 2025
spot_img

आन्दोलनरत क्रसर व्यवसायीलाई सरकारले वार्तामा बोलायो

spot_img

सरकारले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालको विरोध प्रदर्शन फिर्ता लिई थप छलफल र सम्वादका लागि व्यवसायीलाई बोलाएको हो ।

उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरु गत असार १ गतेदेखि आन्दोलित भएका थिए ।  सो प्रदर्शनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा मन्त्रालयको समन्वयमा व्यवसायी, गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रतिनिधि समेतको उपस्थितिमा उद्योगको नवीकरणका विषयमा छलफल भएकोसमेत मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालको संविधान बमोजिम प्राकृतिक स्रोतको वाँडफाँट र उपयोगका साथै निर्माणजन्य सामग्रीको उपयोग र व्यवस्थापनमा देखिएका समस्या सम्वोधन गर्ने प्रयोजनार्थ निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसदमा दर्ता भइसकेको र  उक्त विधेयकमा हालसम्म नवीकरण हुन नसकेका क्रसर उद्योगको नवीकरण सम्बन्धी व्यवस्था गर्नुका साथै निर्माणजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था समेत गरिएको हुँदा उक्त विधेयक संसदबाट पारित भए पश्चात हाल विद्यमान सबै समस्या सम्बोधन हुने मन्त्रालयले जनाएको छ । उक्त विधेयक संसदबाट छिटो पारित गराउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

व्यवसायीहरुले भने उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्त दर्ताभएका उद्योगहरुको नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको  समेत बताए ।

आफुहरुको माग सम्बोधनका लागि पटक–पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img