Tuesday, July 15, 2025

प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित, कुलिङ पिरियडको व्यवस्था यथावत

spot_img
spot_img

प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आज आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्नको लागि प्रस्ताव पेश गरेका थिए । मन्त्री गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको र यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने बताए ।

विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था गरिएको छ । यो भनेको सरकारी कर्मचारी अवकाश भएपछि २ वर्षसम्म सरकारले त्यस्ता कर्मचारीलाई अर्को कुनै सरकारी नियुक्ति दिन पाउने छैन।

त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पु¥याइएको छ । साथै सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहने व्यवस्था गरिएको छ। अतिरिक्त सचिव तेह्रौं तहको कर्मचारी हुनेछन् । १४ औं तहमा सचिव र १५ औं तहमा मुख्य सचिव रहन्छन् ।

प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने गरि विधेयक पारित भएको छ। तर प्रदेश प्रमुख सचिव संघीय सेवाको हुने छन् । विधेयकमा ट्रेड युनियन व्यवस्थालाई यथावत राखिएको छ । विधेयकमले निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ ।

अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img