Wednesday, July 29, 2026
spot_img

नेपाल-जोर्डन कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाईयो, कसले के भने ?

spot_img

द्विपक्षीय आर्थिक सम्बन्धलाई मजबुत बनाउने दिशातर्फ एक महत्वपूर्ण कदम चाल्दै जोर्डनले नेपाली व्यापार प्रतिनिधिमण्डललाई चाँडै आतिथ्य गर्ने घोषणा गरेको छ। यस प्रतिनिधिमण्डले व्यापार र लगानीका सम्भावनाहरूको अन्वेषण गर्ने नेपालका लागि जोर्डनका अवैतनिक राजदूत युसुफ मुस्तफा अब्दुलघानीले बताए।

नेपाल र जोर्डनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक उच्चस्तरीय समारोहमा बोल्दै राजदूत अब्दुलघानीले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन निजी क्षेत्रको नेतृत्वको महत्वमा जोड दिए। उनले भने, “सरकारहरूले नीति बनाएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निजी क्षेत्रले हो।”
“जोर्डनमा पर्यटन, उत्पादन तथा औषधिजन्य क्षेत्रजस्ता थुप्रै सम्भावनाहरू छन्, र हामी नेपाली व्यवसायहरूलाई स्वागत गर्न इच्छुक छौं,” उनले भने।

त्यसअघि सोमबार राजदूत अब्दुलघानीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहदाको पत्र प्रस्तुत गरेका थिए। उनले काठमाडौंमा जोर्डनको अवैतनिक वाणिज्य दूतावासको औपचारिक उद्घाटन पनि गरेका थिए।

काठमाडौंमा खुलेको जोर्डनको अवैतनिक वाणिज्य दूतावास ले नेपाल–जोर्डन कूटनीतिक तथा व्यापारिक सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको पनि उक्त कार्यक्रममा बताइयो।

राजदूत अब्दुलघानीले हाल जोर्डनमा कार्यरत करिब ३,००० नेपाली कामदारहरूको योगदानको पनि कदर गर्दै सन् २०१७ मा हस्ताक्षर भएको श्रम सम्झौताका आधारमा पारदर्शिता र अवसर विस्तार गर्ने उद्देश्यले त्यसलाई थप सशक्त बनाउन जोर्डन इच्छुक रहेको बताए।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले मध्यपूर्वमा शान्ति स्थापनाका लागि जोर्डनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै नेपालसँगको व्यापार सम्बन्धलाई गहिरो बनाउने जोर्डनको प्रयासलाई पनि सकारात्मक रूपमा मूल्यांकन गरे। “नेपालसँगको व्यापार र लगानी विस्तार गर्ने जोर्डनको रचनात्मक प्रयास सराहनीय छ,” उनले भने।

नेपालका लागि जोर्डनका अवैतनिक वाणिज्यदूत कुनाल कायलले नेपाल–जोर्डन सहकार्यको रणनीतिक सम्भावनामा प्रकाश पार्दै नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार र कृषि आधुनिकीकरणमा अवसरहरू रहेको उल्लेख गरे। नेपाल र जोर्डनबीच २० अगस्ट १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको छ। हलसम्म सीमित स्तरको संलग्नता रहेपनि भविष्यमा कन्सुलर तथा व्यापारिक गतिविधिको विस्तारले अझ मजबुत आर्थिक सहकार्यको दिशातर्फको परिवर्तन संकेत गरेको सहभागिहरुको विचार थियो। जोर्डनको अर्थतन्त्र तुलनात्मक रूपमा विविधिकृत छ, जसमा औषधि, खानी, सूचना प्रविधि र वित्तीय सेवाजस्ता क्षेत्र प्रमुख छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img