Tuesday, April 21, 2026
spot_img
spot_img

केही घण्टा पनि टिकेन युद्दविरामको सहमति, जम्मुमा फेरि ड्रोन आक्रमण सुरु

spot_img
spot_img

भारत र पाकिस्तानबीच युद्दविरामको सहमति भएको केही घण्टा पनि नबित्दै सीमा क्षेत्रमा फेरि आक्रमण सुरु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार जम्मु क्षेत्रमा पाकिस्तानले ड्रोन हमला गरेको हो । सबै हमलालाई भारतले निष्क्रिय बनाएको जनाएको छ।

जम्मु कश्मिरको श्रीनगरमा ठूलो विस्फोटको आवाज सुनिएको बताईएको छ। पाकिस्तानले फेरि ड्रोन आक्रमण गरेपछि सीमा क्षेत्रमा फेरि ब्ल्याकआउट अर्थात् बत्ति निभाईएको छ। जम्मु कश्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले ठुला विस्फोट सुनिएको भन्दै युद्दविरामको सहमति के भयो भन्दै प्रश्न गरेका छन् ।

दुईदेशबीच  लामो समयदेखिको सैन्य तनावपछि शनिबार साँझदेखि पूर्ण र तत्काल युद्धविरामको सहमति भएको थियो। अमेरिकी मध्यस्थतामा भएको रातभरको वार्तापछि दुवै देशका सैन्य अधिकारीहरूले यो सहमति गरेका थिए।

भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ एक संक्षिप्त पत्रकार सम्मेलनमा यो युद्धविरामको पुष्टि गरेका थिए। उनले भनेका थिए, “पाकिस्तानको सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले आज दिउँसो ३:३५ बजे भारतको डीजीएमओसँग फोनमा कुराकानी गरे। दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति गरे। यो सहमति आज साँझ ५ बजेदेखि लागू भएको छ।”

पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि सामाजिक सञ्जाल एक्समा युद्धविरामको पुष्टि गर्दै लेखेका थिए “पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा छ, तर हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैन।” उनले यो युद्धविराम पूर्ण र आंशिक नभएको बताए।

तर त्यसको केही घण्टामै फेरी आक्रमण सुरु भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img