Sunday, May 10, 2026
spot_img

चारसूत्रीय माग राख्दै नेपाल स्काउट सुधार अभियानले थाल्यो अनसन

spot_img
spot_img

नेपाल स्काउट शुद्धिकरण अभियानले संगठनभित्र व्याप्त अनियमितता, प्रशासनिक त्रुटि तथा विभिन्न प्रकारका दुर्व्यवहारका घटनाहरूको छानबिनको माग गर्दै अनशन सुरू गरेको छ। अभियानका संयोजक देवदुत अधिकारीको अगुवाइमा विभिन्न प्रदेशका स्काउटरहरूको उपस्थितिमा नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय, काठमाडौंमा अनशनको सुरुवात गरिएको हो।

संयोजक अधिकारीले अनशनको औपचारिक सुरुवात गर्दै सहभागी स्काउटरहरूलाई माला र टिका लगाएर संघर्षको पहिलो चरण प्रारम्भ गराए। उनले संगठनभित्रको सुदृढीकरण, पारदर्शिता र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न चारसूत्रीय माग अघि सारे। हालै जारी कर्मचारी प्रशासन नियमावली २०८१ को केही प्रावधान कर्मचारीहरूको मनोबल गिराउने खालका रहेको भन्दै उनले राष्ट्रिय परिषद्मार्फत छलफल गरी संशोधन गर्नुपर्ने माग राखेका छन्। विशेष गरी प्रसूति बिदाजस्ता सुविधा कटौती अस्वीकार्य रहेको उनको भनाइ छ।

नेपाल स्काउट सुधार अभियानका सदस्यहरूले राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराई संलग्न रहेको भनिएको अनियमिततासम्बन्धी १० बुँदे उजुरीको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग अघि सारेका छन्। त्यस्तै, भट्टराईमाथि कार्यक्षेत्रमा गरिएको भनिएको दुर्व्यवहार र यौन दुर्व्यवहारका गम्भीर आरोपहरूको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने आवाज उठाइएको छ। छानबिन प्रक्रिया नसकिएसम्म भट्टराईलाई तत्काल निलम्बन गर्नुपर्ने तथा अनुसन्धान प्रतिवेदनका आधारमा मात्र कारबाही अघि बढाइनुपर्ने मागसमेत राखिएको छ।

अनशनमा बागमती प्रदेशका स्काउटर अनुज प्रधान र पवन गुरुङ तथा मधेस प्रदेशका सहायक राष्ट्रिय प्रशिक्षक अब्दुल सलाम मिया सहभागी छन्। नेपाल स्काउट सुधार अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका प्रगतिशील संघर्ष समितिका सदस्य सञ्जय खड्गीले संगठन सुधारका लागि संघर्ष आवश्यक रहेको बताए।

अभियानका प्रवक्ता स्काउटर आशिक कार्कीले आन्दोलनलाई थप सशक्त बनाउनका लागि आज उपस्थित हुन नसकेका स्काउटरहरूको समर्थन रहेको सन्देश बाचन गरे। नेपाल स्काउट सुधार अभियानका अगुवा विदुर गिरिले संगठन सुधारका लागि निरन्तर दबाब आवश्यक रहेको उल्लेख गर्दै उपस्थित सम्पूर्ण राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक, स्काउटर, रोभर, रेन्जर तथा स्काउट प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी चैत्र ३ गते थप सशक्त आन्दोलनको तयारी भइरहेको जानकारी गराउँदै यसलाई अझ प्रभावकारी बनाउन सम्पूर्ण स्काउट प्रेमीहरूलाई आह्वान गरेका छन्। अनशनको पहिलो चरण समापन भएको घोषणा गर्दै उनले आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img