Thursday, December 4, 2025
spot_img

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले भन्यो ‘केबलकार बनेपछि बढी फाइदा स्थानीयलाई नै’

spot_img

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले कुनै पनि बहानामा विकास निर्माणको काम रोकिनु नहुने बताएको छ । पाथिभरामा निजी क्षेत्रको लगानीमा बन्न लागिरहेको केबलकार निर्माणमा भईरहेको अवरोध प्रति  उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै विकास निर्माणको काम रोकिन नहुने बताएको हो ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्नु पर्ने बताएका छन् । पाथीभराको समस्या पनि वार्ताबाटै समाधान होस् भन्ने चाहेको उनको भनाई छ । सरकारले वार्ताको प्रक्रिया अगाडि बढाएकोमा उत्साहित भएका महासंघले जनाएको छ।

त्यहाँ केवलकार निर्माण हुँदा त्यसको प्रत्यक्ष फाइदा स्थानीयलाई नै हुने महासंघले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘ स्थानीय उत्पादनले उचित र सहज बजार पाउनेछ भने त्यहाँको परम्परा, संस्कृति र सभ्यता संसारको पहुँचमा पुग्ने गरी खुला हुनेछ । अर्कातर्फ रोजगारीको कुरा गर्ने हो भने पनि यस्ता आयोजना तथा पूर्वाधार क्षेत्रका नागरिक नै सबैभन्दा बढी लाभान्वित हुनेछन् र भैरहेका छन् पनि । अहिले यातायातको पहुँचको अभावमा विकट जस्तै रहेको पाथिभरा क्षेत्र भोलि केबलकार संचालनपश्चात महिनामै लाखभन्दा बढी धार्मिक पर्यटक पुग्दा त्यसबाट प्रत्यक्ष मात्रामा बढी फाइदा पुग्ने भनेकै स्थानीयलाई नै हो । यसले भोलिका दिनमा सिंगो कोशी प्रदेश लाभान्वित हुनेछ ।’

अर्थतन्त्रको संकटका कारण निराशामा रहेको मुलुकको समग्र निजी क्षेत्रले पनि आगामी दिनमा आफ्ना व्यापार व्यवसाय प्रवर्द्धन मार्फत् स्वदेशमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिन सक्ने गरी मनोबल उकास्ने कामकालागि राज्यको साथ, सहयोग र समर्थन छ भन्ने महसुस गर्ने वातावरण बनाउन महासंघले आग्रह गरेको छ । अस्पष्टता रहेको विषयहरुमा छलफल र वार्ताको माध्यमबाट सोको निरुपण गरी आयोजना निर्माण कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकार र आन्दोलनरत पक्षसंघ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले अपील पनि गरेको छ।

यस्तो छ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको विज्ञप्ति 

नेपाली अर्थतन्त्र कोभिड महामारीलगायतका कारण संकटमा परेकोमा बल्ल लयमा फर्किने प्रयास गरिरहेको अवस्थामा नेपाल सरकार र निजी क्षेत्र मिलेर पुरानै अवस्थाबाट नयाँ समृद्धिको गन्तव्यतिर लाग्नु पर्ने अवस्थामा निजी क्षेत्रको लगानीमा बन्न लागिरहेको केबलकार निर्माणमा भईरहेको अवरोध प्रति यस नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्वदेश मै प्रशस्त रोजगारी सिर्जना गर्न नसकिएको कारण देशको युवा शक्ति रोजगारीकालागि बाहिरिने क्रम दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा सरकारले आर्थिक गतिशिलतामा वृद्धि गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु आवश्यक छ र राज्यले यसलाई विशेष प्राथमिकतामा राख्नु पर्दछ पनि । वैदेशिक लगानी आकर्षित गर्दै गर्दा स्वदेशी लगानीकालागि उचित वातावरण निर्माण गर्नु अर्को आवश्यकता पनि हो । त्यसैले स्वदेशी लगानीकालागि मुलुकको आर्थिक विकासको इन्जिनका रुपमा रहेको निजी क्षेत्रलाई काम गर्ने वातावरण सरकारले निर्माण गरिदिनु पर्दछ ।

पछिल्लो समय पूर्वको पाथीभरा क्षेत्रमा विकास भएको वातावरणले हाम्रो ध्यानाकर्षण भएको छ । देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौं हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुऱ्याइरहेको निजी क्षेत्रको अगुवाईमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा भईरहेका क्रियाकलापहरुले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने कार्यमा अड्चन ल्याउँदै छ भन्ने हाम्रो बुझाई छ । राज्यको नियम कानून तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले भोलिका दिनमा नेपालको आर्थिक विकासकालागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिने छैन । अहिले पूर्वाधार निर्माण होस् या अन्य लगानीमा होस्, त्यहाँका स्थानीयको सहभागिताको मोडल अपनाउने नै गरिएको छ। त्यसले सबैभन्दा बढी त प्रत्यक्ष रुपमा त्यहीँका नागरिकलाई लाभ पुऱ्याउने स्पष्ट छ । यसले स्थानीय उत्पादनले उचित र सहज बजार पाउनेछ भने त्यहाँको परम्परा, संस्कृति र सभ्यता संसारको पहुँचमा पुग्ने गरी खुला हुनेछ । अर्कातर्फ रोजगारीको कुरा गर्ने हो भने पनि यस्ता आयोजना तथा पूर्वाधार क्षेत्रका नागरिक नै सबैभन्दा बढी लाभान्वित हुनेछन् र भैरहेका छन् पनि । अहिले यातायातको पहुँचको अभावमा विकट जस्तै रहेको पाथिभरा क्षेत्र भोलि केबलकार संचालनपश्चात महिनामै लाखभन्दा बढी धार्मिक पर्यटक पुग्दा त्यसबाट प्रत्यक्ष मात्रामा बढी फाइदा पुग्ने भनेकै स्थानीयलाई नै हो । यसले भोलिका दिनमा सिंगो कोशी प्रदेश लाभान्वित हुनेछ ।

यातायातको सुविधा पुग्दा नेपालका मात्र नभएर संसार कै कुनैपनि तीर्थस्थल एवं पर्यटकीयस्थलको परम्परा या संस्कृति मासिने या कसैलाई हानी पुग्ने भन्ने हुँदैन । अहिले नै सञ्चालनमा रहेका नेपालका तथा अन्यत्रका यस्तै सम्पदा क्षेत्रहरुमा रहेका केबलकारको अध्ययनले पनि यो स्पष्ट हुन्छ । त्यसैले अरु कुनै पनि बहानाबाट विकास निर्माणका कामहरु रोकिनु हुँदैन भन्ने हाम्रो जोडदार माग छ ।

अरु जेसुकैमा आफ्ना सिद्धान्त तथा असहमतिहरु रहे तापनि विकास एवं अर्थतन्त्रको विकासका काममा सबै राजनीतिक दलसहित सबैको समान धारणा एवं ऐक्यबद्धता हुनुपर्दछ भन्ने हाम्रो विगतदेखि कै मान्यता हो र अहिले पनि हामी यसैमा विशेष जोड दिन्छौं । स्थानीय स्तरमा कुनै समस्या देखिएको छ भने त्यसमा स्थानीय सरोकारवालाहरुसँग आवश्यक छलफल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न सकिन्छ । त्यसैले पाथीभराको समस्या पनि वार्ताबाटै समाधान होस् भन्ने हाम्रो धारणा छ । सरकारले वार्ताको प्रक्रिया अगाडि बढाएकोमा हामी पनि उत्साहित भएका छौं । अर्थतन्त्रको संकटका कारण निराशामा रहेको मुलुकको समग्र निजी क्षेत्रले पनि आगामी दिनमा आफ्ना व्यापार व्यवसाय प्रवर्द्धन मार्फत् स्वदेशमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिन सक्ने गरी मनोबल उकास्ने कामकालागि राज्यको साथ, सहयोग र समर्थन छ भन्ने महसुस गर्ने वातावरण बनोस् भन्ने पनि हाम्रो माग हो । अस्पष्टता रहेको विषयहरुमा छलफल र वार्ताको माध्यमबाट सोको निरुपण गरी आयोजना निर्माण कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकार र आन्दोलनरत पक्षसंघ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश हार्दिक अपील पनि गर्दछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भिजन लुम्बिनीको साधारणसभा आह्वान: आईपीओ निष्काशन गर्ने प्रस्ताव, १० प्रतिशत लाभांश दिने

भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस...

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने, २५ हजारको लिमिट

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने...

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, कुलमानले गरे निरीक्षण

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली...

धुर्मुस–सुन्तलीले पैसा तिर्न नसकेपछि फेरि उठ्यो ‘उधारो असुली कानून’को बहस, बन्यो मस्यौदा

बजारबाट उधारो बापतको पैसा नउठेकै कारण उद्यमी प्रेम प्रसाद...

यस पटकको हिउँदमा वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढ्ने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा...

 सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पायो बैंक अफ द ईयर अवार्ड 

सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५...
spot_img
spot_img