Saturday, June 20, 2026
spot_img

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारणका लागि स्टार स्पोर्ट्ससँग भएको सम्झौता विवादित

spot_img
spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्समार्फत गर्ने गरि ठूलो रकम तिरेर गरिएको सम्झौताप्रति नेपालका सञ्चार तथा विज्ञापन सम्बन्धि संस्थाहरुले आपत्ति जनाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानले राष्ट्रिय हितविपरित स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक रहेको दाबी गरेका छन् । बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका बुँदाहरुः

१) नेपाल प्रिमियर लिग एउटा अत्यन्त व्यवसायिक राष्ट्रिय खेल प्रतियोगिता हो । यसका रोमाञ्चक खेलहरुको उत्पादन र प्रत्यक्ष प्रसारणसमेत अन्तराष्ट्रिय मञ्चमा पुग्नुपर्छ, त्यसमा हामी पनि सहमत छौं, तर यस्तो उद्देश्यका लागि देशको कानुन उल्लङ्घन सही मान्न सकिँदैन । प्रतियोगिताका खेलहरुको उत्पादन प्रत्यक्ष प्रसारण र बजार ब्यबस्थापनको जिम्मा बिनाप्रतिस्पर्धा एउटा विदेशी एजेन्सी ट्वान्टी फस्र्ट सेन्चुरीमार्फत स्टार स्पोर्ट्सलाई प्रति खेलको १० लाख भारुमा दिने सम्झौता गरिएको जानकारी नेपाल क्रिकेट संघले प्रेस कन्फरेन्स मार्फत जानकारी प्राप्त भएको छ ।

यसबाट नेपाल क्रिकेट संघ जस्तो सार्वजनिक संस्थाले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं २ (जसअनुसार कुनै पनि राष्ट्रिय वा अन्तराष्ट्रिय खेलकुद आयोजना गर्दा, कुनै पनि अन्तरास्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिवार्य छ) लाई पूर्णरुपमा बेवास्ता गरेको छ । र यसबाट नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट वञ्चित समेत गरेको छ ।

नेपाली विज्ञापन एजेन्सी र नेपाली टेलिभिजन प्रसारकहरु विश्वकप फुटबल जस्तो विश्वकै महंगो खेलकुदलाई बिसौ करोड भन्दा धेरै धनराशीका परियोजनाहरुको प्रसारण र बजार व्यवस्थापन गर्न सफल भै प्रमाणित समेत गरिसकेका छन् । तर राष्ट्रिय रुपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अबमुल्यन गरियो भन्ने प्रश्नको जवाफ नेपाल क्रिकेट संघले नेपाली खेलप्रेमी र खेल जगतलाइ दिनैपर्ने हुन्छ । अन्यथा खेलमा भएको यो झेलले नेपाल क्रिकेट संघलाई कानुनी दायरामा ल्याउनेतर्फ सजक हुन अनुरोध गर्दछौं ।

२) स्टार स्पोर्ट्स नै किन ?

यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स नै किन ? वा अन्तर्रास्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्रास्ट्रिय च्यानललाई किन मौका दिईएन र बिनाप्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि ? छानबिनको विषय हो कि होइन ? फेरी नेपाल क्रिकेट संघले प्रत्येक खेलको प्रत्यक्ष प्रसारणमा १० लाख दिने कुरा प्रेसमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक खरिद ऐनले बिनाप्रतिस्पर्धा भुक्तानी गर्न मिल्छ ? र बिदेशी मुद्रा मार्फत गरिने यस्तो भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले बिना स्वीकृति, सूचना तथा संचार मन्त्रालयको सिफारिबिना भुक्तान गर्न सक्छ ? वा सार्वजनिक खरिद ऐन बिपरित एउटा संस्थाको भुक्तानी अर्को बिदेशी सस्थालाई गर्न मिल्ला ? यसमा बिदेशी मुद्रा अपचलन आकर्षित होला कि नहोला ? वा अन्य कुनै माध्यमबाट भुक्तानी गर्ने योजना हो ? हाम्रो जिज्ञासा यति मात्रै हो ।

हेक्का रहोस, नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्स मार्फत प्रत्यक्ष प्रसारण गर्ने उद्घोष गरिरहँदा नेपालमा अहिले स्टार स्पोर्ट्सको अधिकारिक प्रसारण बन्द रहेको अवस्थामा छ । यस्तो अवस्थामा किन, कसरी र कुन उद्देश्यले क्यान जस्तो राष्ट्रिय सार्बजनिक सस्थाले प्रसारण नै बन्देज रहेको एउटा विदेशी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्यो होला रु प्रश्को जवाफ मात्रै होइन वैधानिकतामा पनि नेपाल क्रिकेट संघ चुकेको छ ।

यसरी नेपाल क्रिकेट संघले नेपाली टेलिभिजन प्रसारक बिज्ञापन एजेन्सी र उत्पादन संस्थालाई अबमुल्यन गर्दै बिदेशी एजेन्सी र टेलिभिजनलाई प्रसारण अधिकार बिनाटेन्डर र बिनाप्रतिस्पर्धामा दिँदा नेपालमा बिदेशी टेलिभिजनबाट विज्ञापन प्रसारणमाथि बिज्ञापन रहित नीति र नियमहरुले लगाएको बन्देजलाई कसरी नजरअन्दाज गर्यो ? जबकी एनपीएलका नेपाली प्रायोजकहरुको विज्ञापन प्रसारण गर्न यदि नेपाल क्रिकेट संघले बिज्ञापन रहित नीति (क्लीन फिड) को बर्खिलाफ गर्न खोजेको हो भने यो कुनै हालतमा मान्य हुन सक्दैन । र बिज्ञापन नै प्रसारण हुन नसक्ने टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने टेलिभिजनमा कसरी नेपाली प्रायोजकहरुले आफ्नो प्रचार प्रसार गर्छन् वा यी प्रयोजनको पछाडी केही अर्कै उद्देश्य त छैन भन्ने शंका उब्जिएको छ । अन्यथा सिद्दार्थ बैंक जस्तो जनताको निक्षेप रहेको पब्लिक लिमिटेड कम्पनीले यो प्रयोजनबाट कस्तो र के प्राप्त गर्छ ? र प्रश्न यही मात्रै होइन, अब एनपीएलमा बिज्ञापन प्रसारण गर्ने कम्पनीहरुले नेपालमा नै प्रसारण नहुने बिज्ञापन कहाँ कुन लक्षित समूहको लागि लगानी गर्ने हो सोचनीय विषय बनेको छ । राष्ट्रिय क्रिकेट संघले सार्वजनिक गरे जस्तो स्टार स्पोर्ट्स भारतीय च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने सम्बन्धमा नेपालको कानुनको प्राबधानका सम्बन्धमा स्टार स्पोर्ट्सलाइ बस्तुस्थिति समेत जानकारी गराउने र कुनै पनि सामाजिक संजाल मार्फत बिज्ञापन सहित प्रत्यक्ष प्रसारणलाई हामी नेपालको विद्यमान नियम कानुन मुताबिक मात्रै गरियोस भन्ने हाम्रो आग्रह छ ।

अन्तमा माथिका तथ्यहरुबाट प्रश्न स्वाभाविक रुपमा उठछ, नेपालको क्रिकेटको यो राष्ट्रिय मेलाको पछाडी क्रिकेट च्याम्पेन्सिप मात्रै होकी यो खेल भित्र अर्को खेल पनि छ ? त्यसैले नेपाल क्रिकेट संघले नेपाली क्रिकेटको विकास र विस्तारमा अधिकारिक प्रक्रिया रहेर गरोस अन्यथा यसबाट कानुनी र नैतिक रुपमा हुने गतिबिधिको जिम्मेबारी नेपाल क्रिकेट संघ र यसका पदाधिकारी कै हो ।

नेपाल विज्ञापन संघ
अध्यक्ष, सुदीप थापा

राष्ट्रिय विज्ञापन संघ नेपाल
अध्यक्ष, धर्मेन्द्रकाजी श्रेष्ठ

मिडिया अलाइन्स
अध्यक्ष, भाष्करराज राजकर्णिकार

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img