काठमाडौँमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । सरकारले खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २(१ ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।