Saturday, June 20, 2026
spot_img

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा ३०० भन्दा धेरै बालिकाको सहभागिता

spot_img
spot_img

देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ ।

हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए । पहिलो चरणमा धरानबाट सुरू गरिएको प्रशिक्षण शिविर, जनकपुर हुँदै पोखरामा सकिएको छ ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले भने, ‘‘पोखरामा सहभागीहरुमा देखिएको उत्साहले हामीहरुमा यो प्रशिक्षण शिविरको लागि थप ऊर्जा मिलेको छ। सहभागीहरुसंग अपार सम्भावना छ, तर आवश्यक पूर्वाधार र प्रशिक्षणको अभाव छ। हामी विश्वास गर्छौं कि यो पहलले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ । हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने उदेश्यले सुरु गरिएको यो कार्यक्रमले अझै धेरै जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं ।’’

काठमाडौं किकर्सका प्राविधिक निर्देशक ली म्यान्सनले भने , ‘‘काठमाडौं किकर्स सिप्रदीसँग ‘फुटबल फर फ्युचर’ मा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छ। दुवै संस्थाको साझा लक्ष्य भनेको सम्भावना भएका खेलाडीहरूको सशक्तिकरण हो। र अन्य देशमा महिलाको राष्ट्रिय टोलीसँगको मेरो अनुभव यो लक्ष्यलाई पूरा गर्न कोसेढुंगा सावित भइरहेको छ ।’’

पोखरापछि ‘फुटबल फर फ्युचर’ – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब सुर्खेत र धनगडीमा हुन लागिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...
spot_img