Sunday, July 12, 2026
spot_img

भारत पाकिस्तान तनाव: आईपीएल क्रिकेट प्रतियोगिता अनिश्चितकालको लागि स्थगित

spot_img

भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अनिश्चितकालको स्थगित भएको छ । हिन्दुस्थान टाइम्सले प्रतियोगिताको बाँकि सबै खेलहरु अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ ।

भारतीय क्रिकेट बोर्डको आज बिहान बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । प्रतियोगितामा हालसम्म ५८ खेल भएको छ भने समूह चरण १२ खेल र त्यसपछिका प्ले अफ र फाइनल खेल हुन बाँकि थियो।

बिहीबार साँझ हिमाचल प्रदेशको धर्मशाला क्रिकेट स्टेडियममा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि बीचमै रोकिएको थियो।  पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थानका क्षेत्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको खबर आएपछि खेल बीच मै रद्द गरिएको थियो ।

धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियममा खेलको १०.१ ओभरमा पञ्जाब १२२/१ को स्थितिमा थियो, जब स्टेडियमका फ्लडलाइटहरू बन्द भएका थिए। सुरुमा यो प्राविधिक गडबडी मानिएको थियो, तर पछि जम्मू र पठानकोटमा हवाई आक्रमणको चेतावनीका कारण यो सुरक्षा उपाय भएको पुष्टि भएको थियो।

यस अघि मे ११ मा धर्मशालामामा हुने भनियेको पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अहमदाबादमा सारिएको थियो।  धेरै विदेशी खेलाडीहरूले सुरक्षा चिन्ताका कारण भारत छोड्ने इच्छा व्यक्त गरेका थिए।

देश युद्दमा रहेको बेला प्रतियोगिता जारी राख्नु उचित नहुने तथा खेलाडी , अफिसियल र प्रतियोगितामा आवद्द सबैको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै भारतीय क्रिकेट बोर्डले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको बताईएको छ ।

पाकिस्तानमा चलिरहेको पाकिस्तान सुपर लिग (पीएसएल) पनि प्रभावित भएको छ। मे ८ मा पेशावर जाल्मी र कराची किंग्सबीचको खेल स्थगित गरिएको छ, र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाँकी खेलहरू युएईमा गर्ने भएको छ ।

भारतले जम्मू, धर्मशाला, अमृतसर, चण्डीगढ, श्रीनगर, लेह, पठानकोट, जयपुर, जोधपुर, बीकानेर, भटिण्डा, जैसलमेर, लुधियाना, किशनगढ, शिमला, भुज, जामनगर, र अन्य सहित २७ विमानस्थलहरू मे १०, २०२५ सम्म बन्द गरेको छ। यसले उड्डयन र क्रिकेट दुवैमा ठूलो प्रभाव पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img