Saturday, November 15, 2025
spot_img

भारत पाकिस्तान तनाव: आईपीएल क्रिकेट प्रतियोगिता अनिश्चितकालको लागि स्थगित

spot_img

भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अनिश्चितकालको स्थगित भएको छ । हिन्दुस्थान टाइम्सले प्रतियोगिताको बाँकि सबै खेलहरु अनिश्चितकालको लागि स्थगित भएको जनाएको छ ।

भारतीय क्रिकेट बोर्डको आज बिहान बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । प्रतियोगितामा हालसम्म ५८ खेल भएको छ भने समूह चरण १२ खेल र त्यसपछिका प्ले अफ र फाइनल खेल हुन बाँकि थियो।

बिहीबार साँझ हिमाचल प्रदेशको धर्मशाला क्रिकेट स्टेडियममा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि बीचमै रोकिएको थियो।  पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थानका क्षेत्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको खबर आएपछि खेल बीच मै रद्द गरिएको थियो ।

धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियममा खेलको १०.१ ओभरमा पञ्जाब १२२/१ को स्थितिमा थियो, जब स्टेडियमका फ्लडलाइटहरू बन्द भएका थिए। सुरुमा यो प्राविधिक गडबडी मानिएको थियो, तर पछि जम्मू र पठानकोटमा हवाई आक्रमणको चेतावनीका कारण यो सुरक्षा उपाय भएको पुष्टि भएको थियो।

यस अघि मे ११ मा धर्मशालामामा हुने भनियेको पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अहमदाबादमा सारिएको थियो।  धेरै विदेशी खेलाडीहरूले सुरक्षा चिन्ताका कारण भारत छोड्ने इच्छा व्यक्त गरेका थिए।

देश युद्दमा रहेको बेला प्रतियोगिता जारी राख्नु उचित नहुने तथा खेलाडी , अफिसियल र प्रतियोगितामा आवद्द सबैको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै भारतीय क्रिकेट बोर्डले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको बताईएको छ ।

पाकिस्तानमा चलिरहेको पाकिस्तान सुपर लिग (पीएसएल) पनि प्रभावित भएको छ। मे ८ मा पेशावर जाल्मी र कराची किंग्सबीचको खेल स्थगित गरिएको छ, र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाँकी खेलहरू युएईमा गर्ने भएको छ ।

भारतले जम्मू, धर्मशाला, अमृतसर, चण्डीगढ, श्रीनगर, लेह, पठानकोट, जयपुर, जोधपुर, बीकानेर, भटिण्डा, जैसलमेर, लुधियाना, किशनगढ, शिमला, भुज, जामनगर, र अन्य सहित २७ विमानस्थलहरू मे १०, २०२५ सम्म बन्द गरेको छ। यसले उड्डयन र क्रिकेट दुवैमा ठूलो प्रभाव पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img