Saturday, June 20, 2026
spot_img

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट राखियो , चेकिङ सम्पन्न

spot_img
spot_img

रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो ।

स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताए। निजी क्षेत्रले शुरु गरेपनि स्टेडियम सरकारकै सम्पती भएको बताए । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताए ।

उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए । बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताए  । आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताए ।

उनले भिआईपी बिल्डिङ निर्माणाधिन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए। प्याराफिट बनाउने काम बाँकी रहेको बताए । उनले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताए । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिवद्धता जनाए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img