Saturday, June 20, 2026
spot_img

नेपाल प्रिमीयर लिगको उपाधी जनकपूरलाई

spot_img
spot_img

नेपाल प्रिमीयर लिग (एनपीएल) क्रिकेटको उपाधी जनकपूर बोट्लर्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपूरले एनपीएलको उपाधी उचालेको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा १८४ रन बनाएर जनकपूरलाई १८५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका क्रममा जनकपूरले १९.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुरले एनपीएलको पहिलो संस्करणको उपाधी उचालेको हो ।

जनकपूरको जितमा लाहिरु मिलान्थाले ८७ रन बनाए । ४९ बल खेलेका उनले ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् ।

पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । आसिफले सातौँ ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ३३ रन बनाए ।

हर्शक थाकरले २४ बल खेल्दै २ छक्कासहित अविजित ३० रन जोडे । मोहम्मद मोहसिनले ९ रन बनाए भने जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १/१ विकेट लिए ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कार र ट्रफी हात पारेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img