कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको कर्णालीले ११८ रन बनाउँदै जनकपूरलाई जितका लागि ११९ रनको लक्ष्य लिएको दियो । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
यससँगै अब एनपीएलको फाइनलमा सुदूरपश्चिम र जनकपूर भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।












